अपडेट 
२०७८ फाल्गुन ७, शनिबार ०८:००

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउंपालिका– ७मा रहेको लक्ष्मि बल्लभ नरसिंह माध्यमिक विद्यालय बभनगामाकट्टीमा खाजामा मनपरी गरेको बालबालिकाहरुले गुनासो गरेका छन् ।

सरकारले प्रथामिक तहमा अध्ययनरत छात्रछात्राका लागि दिँदै आएको खाजा कार्यक्रममा विद्यालयले मनपरी गरेको उनीहरुले गुनासो पोखेका हुन् । दैनिक खाजाको व्यवस्था गर्नुपर्नेमा विद्यालयले यस्तो नगरेको छात्रछात्राहरु बताउँछन् । विद्यालयमा अध्ययरतन कक्षा ५ का एक छात्राले विद्यालय संचालन भएको पाँचौ दिनमा मात्र खाजा पाएको बताइन् । विद्यालय संचालन भएको सातादिन पुग्न लाग्दा मात्र खाजा दियो, उनले भनिन्, फागुन १ गते देखि विद्यालय संचालन भए पनि दुई दिन मात्र खाजा दिएको जानकारी दिइन् । विद्यालयले मनलागेमा खाजा बाँड्ने गरेको नत्र भने कसैलाई खाजा नदिने उनको कथन थियो । अरु ठाउंमा दैनिक खाजा दिने गरे पनि हाम्रो विद्यालयमा साताको दुई तीन मात्रै दिने गरेको छात्रछात्राहरुको गुनासो छ । बालबालिकाको खाजाकोलागि आएको बजेटलाई प्रधानाध्यापक र शिक्षकको मिलोमतोमा कटौती गरी एकआपसमा बाँडफाँड गरेर खाने गरेको अभिभावकहरुको आरोप छ ।

विद्यार्थी संख्या बढाएर बजेट निकासा गरेको जानकारी दिँदै अभिभावकहरुले उपस्थित नभएको विद्यार्थीको समेत हाजिरी पेश गरी रकम निकालेर अनियमितता गर्ने गरेको भए पनि कुनै निकायले कुनै चासो नदिएको गुनासो अभिभावकहरुले पोखे । खाजामा अनियमितता गरेको बारे गाउंपालिकाको शिक्षा शाखामा पटक–पटक जानकारी गराउंदा समेत कुनै सुनुवाइ नभएको अभिभावकहरुले बताए । सो विद्यालयमा प्रथामिक तहमा १ सय ६२ जना विद्यार्थी रहेको तथ्यांकमा उल्लेख छ । विद्यालयमा ४० देखि ४५ जना विद्यार्थीहरु नियमित आउने गरेको सोही विद्यालयको एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए । प्रधानाध्यापक विपिन झाले आफूले काम विशेषले बाहिर भएकाले छात्रछात्रालाई खाजा खुवाउन नसकिएको स्वीकार गरे । तिलाठी कोईलाडी गाउंपालिकाका शिक्षा शाखा प्रमुख राजेश झाले विद्यालयमा खाजामा अनियमितता गरेको पाईएमा खाजाको बजेटमा कटौती हुने बताए ।

खाजाको बजेट माग अनुसार उपलब्ध गराएको जानकारी दिँदै झाले विद्यालयको अनुगमन गर्ने जिम्मा गाउंपालिकाको भएकाले अनियमितता भए/नभएको कुरा बारे बुभ्mने आफ्नो अधिकार क्षेत्रमा पर्ने भएकोले कसैले चासो नराख्दा हुन्छ भन्दै एक्कासी आवेशमा आउंदै प्रतिक्रिया दिएका थिए ।

 

Comment


Related News

Latest News

Trending News