अपडेट 
२०७८ फाल्गुन ७, शनिबार ०७:५८

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा आयोजना गरिएको दोस्रो मेयर भलिवलको उपाधि गण्डकी प्रदेशले हात पारेको छ ।

माघ २९ गते देखि शुरु भएको भलिवल प्रतियोगितामा विभिन्न २१ वटा टिम सहभागी भएको थियो । सो प्रतियोगितामा प्रमथ पुरस्कार एक लाख नगद र ट्रफी, दोस्रो पुरस्कार ५० हजार र ट्रफी र तेस्रो पुरस्कार २५ हजार र ट्रफी प्रदान गरिएको छ । प्रतियोगितामा गण्डकी प्रदेश प्रथम, दोस्रो धनुषाका पर्साही र तेस्रो धनुषाकै कटरैत टिम भएको छ । प्रतियोगिताको म्यान अफ दी म्याच गण्डकी प्रदेशका हरि पाण्डे, वेष्ट स्ट्राइकर गण्डकी प्रदेशकै मनोज श्रेष्ठ र बेस्ट सटरको उपाधि गण्डकी प्रदेशकै सुजन चैखानलाई प्रदान गरिएको थियो ।

समापन समारोहलाई सम्वोधन गर्दै हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले हंसपुर नगरपालिका खेलकुदकोलागि सधै सहयोगी भूमिका निर्वाह गर्दै आएको बताएका थिए । उनले अन्य ठाउँहरुमा युवाहरु जसरी लागु औषधको लतमा लाग्दै छ त्यसवाट हंसपुर नगरपालिका सचेत रहेको र युवाहरुलाई खेलकुदको माध्ययमवाट त्यस्ता कुलतवाट टाढा राख्न हरसम्भव प्रयासरत्त रहेको बताए । उनले गाउँ गाउँमा खेलकुद लोप हुँदै गएको र युवाहरु बैदेशिक रोजगार देखि लिएर लागु औषधको लतमा लाग्दै जानुले मधेश प्रदेशको अवस्था दयनीय बन्दै गएको बताए । उनले युवाहरु खेलकुदमा संलग्न भएपछि उनीहरुलाई त्यस्ता कुलत तथा दिग्भ्रमित हुने समयनै नपाउने भएकाले खेलकुदलाई बढी भन्दा बढी सराहना गर्नुपर्ने उनले बताए । हंसपुर नगरपालिकाले खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेर आफ्नो नगरपालिकाका युवाहरुलाई खेलकुद तिर अग्रसर गर्नुनै मुख्य उद्देश्य रहेको दावी गरेका थिए । विकास निर्माणमा धनुषा जिल्लाकै नमुना नगरपालिकाको रुपमा स्थापित गर्न सफल भयौ अब युवाहरुलाई सही बाटोमा डोर्याउने आफ्नो मुख्य योजना गरेको दावी गर्दै उनले युवाहरु सही बाटोमा हिडे नगरपालिका समृद्ध र सक्षम हुने विश्वास व्यक्त गरेका थिए ।

आगामी दिनमा यहाँका युवाहरु प्रथम पुरस्कार पाउने विश्वास गर्दै क्रिकेट, भलिबल, फुटबल लगायत अन्य खेललाई समेत नगरपालिकाले प्राथमिकतामा राखेका कारण पढाई बाहेकको समयलाई खेलकुदमा लगाउन उनले आग्रह गरे ।खेलकुदमा नाम र दाम दुवै पाउने भएकाले पढाई संग संगै खेलकुदलाई प्राथमिकतामा राख्न उनले युवाहरुलाई आग्रह गरेका थिए । विगतमा खेलकुदको बढी स्कोप नरहेपनि अहिले सरकारले पनि खेलाडीहरुलाई प्रोत्साहन गर्ने गरेका कारणले लागु औषध जस्ता कुलतमा फस्नु भन्दा राम्रो खेलकुदमा लाग्न उनले युवाहरुलाई आग्रह समेत गरेका थिए । मेयर मण्डलले नेपाली क्रिकेट टीममा मत्रै अहिले ४ जना मधेशी खेलाडी रहेको भन्दै आफूमा क्षमता भए कही कतैवाट उपेक्षीत हुने ठाउँ नरहेको उनले दावी गरे ।

 

Comment


Related News

Latest News

Trending News