अपडेट 
२०७८ फाल्गुन ७, शनिबार ०७:५४

गौर । रौतहट जिल्लाको जुद्ध नमूना विद्यालय गौरमा निर्माण हुन लागेको भवनको शिलान्यास गरिएको छ ।

नमूना विद्यालय अन्तर्गत निर्माण हुने ८ कोठे ४ तल्ले भवनको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले शुक्रबार आयोजित एक समारोहबीच शिलान्यास गरेका हुन् । संघीय सरकारको ९९ लाखको लागतमा भवन निर्माण हुने जनाइएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार गठन गरिएको निर्माण समितिद्वारा निर्माण हुने सो भवनले विद्यालयको भौत्तिक पूर्वाधार विकासमा थप लाभ पुग्ने नगर प्रमुख गुप्ताले बताए । ठेक्का प्रक्रियाबाट समयमा निर्माण कार्य सम्पन्न हुन् नसकिने भएको हुँदा समयमा काम सम्पन्न हुने गरी निर्माण समितिबाट भवन निर्माणको काम गर्न लागिएको उनले जानकारी दिए ।

सो कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक चन्देश्वर राउत , गौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर , वडा अध्यक्ष राकेश झा , राम स्वार्थ राय यादव,विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरु सहितको उल्लेख्य सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News