२०७८ फाल्गुन ७, शनिबार ०७:५०

कलैया । जनता समाजवादी पार्टी (जसपा)ले बाराको गढीमाइ नगरपालिका–८को लागि चुनाव प्रचार प्रसार कमिटी गठन गरेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर लगायतका उम्मेदवारलाई विजयी बनाउनकालागि वडास्तरीय चुनावी अभियानको सुरुवात गर्दै प्रचार प्रसार कमिटीको गठन गरिएको मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिएका छन् । श्याम नारायण पटेलको नेतृत्वमा गठन गरिएको ५१ सदस्यीय चुनाव प्रचार प्रसार अस्मिता यादव, रामाज्ञा यादव, तपेन्द्र यादव, ज्ञानी यादव, रामाज्ञा चौरसिया सहितका रहेका छन् । सो क्रममा राज्य मन्त्री यादवले कार्यकर्ताहरुलाई चुनावी प्रचार प्रसारबारे प्रशिक्षण समेत दिएका थिए ।

Comment


Related News

Latest News

Trending News