राजविराज । नेपाली कांग्रेसका सक्रिय नेता कुलदिप देवको निधन भएको छ । बुवा ननुलाल देवको निधन भएको महिना दिन नबित्दै परिवारका दुई सदस्य गुमाएका राजविराज–८ का देव परिवार अहिले शोकमा डुबेको छ ।
नेपाली कांग्रेसकै सक्रिय नेताको रुपमा रहेका ७० वर्षीय ननु लालको गत माघ ५ गते निधन भएको थियो भने शुक्रबार ४० वर्षीय कुलदिपको ब्रेन ह्याम्रेज (मस्तिष्क घात) भइ निधन भएको परिवारजनले जनाएको छ । उनको उपचारको क्रममा शुक्रवार बिहान ४ बजे तिर विराटनगरको न्यूरो अस्पतालमा निधन भएको हो । नेपाली कांग्रेसको क्षेत्रीय समिति सदस्य एवं नेविसंघको जिल्ला सदस्यको जिम्मेवारीमा रहिसकेका देवलाई अचानक स्वास्थ्यमा समस्या देखिए पछि दुई दिन अघि अस्पताल भर्ना गरिएको श्रीमति ललिता देवले बताइन् । उनको पार्थिव शरिरमा कांग्रेस क्षेत्र नम्बर २ का सभापति महानन्द यादव, सचिव मनोज माझी, महाधिवेशन प्रतिनिधि मो.इर्साद अन्सारी, धु्रव देव, पार्टी प्रवक्ता प्रभात कुमार ललन, नगर सभापति आनन्द झा,उपसभापति ,अनिल यादव, पूर्व नगर सभापति शम्भु लाल देव, बुथ सभापति मनोज दास,घन्सी साह, रमानन्द देव, राजकुमार परियार, पूर्ण कुमार आले मगर लगायतले पार्टीको झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा होमिएका देवका श्रीमति ललिता, छोरा अभिषेक र छोरी प्राची छन् । सप्तकोशी नदी किनारमा शुक्रबार नै देवको हिन्दु धर्म अनुसार अन्तिम संस्कार गरिएको छ ।

