जनकपुरधाम । साहित्यकार वृशेषचन्द्रलालद्वारा रचित दुई वटा पुस्तकको विमोचन गरिएको छ ।
जिल्ला समन्वय समिति धनुषाको सभाकक्षमा आयोजित एक समारोहबीच मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले स्व.वी.पी.कोइरालाद्वारा लिखित उपन्यास सुम्निमाको मैथिली अनुवाद तथा ढोलक नामक मैथिली कविता संग्रहको विमोचन गरेका छन् । मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनको अग्रसरतामा भएको सो समारोहमा मैथिली कविता संग्रह ढोलकको समीक्षा साहित्यकार परमेश्वर कापडिले गरे भने सुम्निमाको अनुवादमाथि साहित्यकार डा.रेवतीरमण लालले गरेका थिए । समारोहमा सर्वोच्च अदालतका पूर्व वरिष्ठ न्यायाधीश गिरिशचन्द्र लाल,वरिष्ठ पत्रकार राजेश्वर नेपाली,साहित्यकार रामभरोस कापडि ‘भ्रमर’, डा.रेवती रमण लाल ,रोशन जनकपुरी,सत्यनारायण साहले उपन्यासको अनुवादका शब्द प्रचलनभन्दा पृथक रहे पनि मैथिल उपन्यासझैं प्रतीत हुने गरेको धारणा राखे ।
रचनाकार लालले मैथिलीमा अनुवाद साहित्यको अभाव रहेको चर्चा गर्दे मैथिली साहित्यलाई समृद्ध बनाउन अनुवाद साहित्यतर्फ सर्जकको ध्यान जानु जरुरी रह्को बताए । मैथिलीमा जनताको आवश्यकता अनुरुप लेखन नभएकाले प्रकाशन , क्रय र बिक्रयमा समस्या रहेको उनले प्रसंग उल्लेख गरे ।

