२०७८ फाल्गुन ८, आईतवार ०७:४७
मधेश प्रदेशको महिला,बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले ८० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
यहाँ शनिबार आयोजित एक कार्यक्रमबीच मन्त्री विरेन्द्र प्रसाद सिंहले प्रदेशको प्रत्येक जिल्लाबाट १० जनागरी ८० जना ७५ वर्ष भन्दा माथि उमेरका जेष्ठ नागरिकहरुलाई सम्मान गरेका हुन् । प्रमाणपत्र,माला तथा दोसल्ला ओढाइ उनीहरुलाई सम्मान गरिएको छ भने प्रत्येक व्यक्तिलाई पाँच हजार नगद राशि समेत दिइएको छ । कार्यक्रम मन्त्रालय का सचिव ठूलोबाबु दाहालको सक्रियतामा भएको थियो ।

