२०७८ फाल्गुन ९, सोमबार ०७:३७

गौशाला । हत्या आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । भारत जिल्ला सितामढी ग्राम पंचायत भासर मघहा–७ अनारवन गाउ.का ३७ वर्षीय अजय महतो कोईरी र सर्लाही जिल्लाको ३४ वर्षीय प्रमोद राउतलाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले सार्वजनिक गरेको छ ।

फागुन ४ गते गौशाला नगरपालिका–१२ कान्तिबजारको सागरनाथ वन विकास परियोजनाको जंगल भित्र निर्माणाधीन रेल्वे ट्रयाक नजिकै २७ वर्षीय राधा भनिने अफ्साना खातुनको शव फेला परेको थियो । नाक मुखबाट अधिक रक्तश्राव भएको अवस्थामा सो शव फेला परेको थियो । प्रहरीका अनुसार गौशाला नपा–१२ विषहराथान स्थित एउटा चियापसलमा २५÷३० वर्षीया एक व्यक्तिले नम्वर प्लेट खुल्न नसकेको मोटरसाईकलमा आइ आफू एकछिनमा आउंछु भनी आफूसँगै ल्याएका ४ बर्षीय र २ बर्ष ६ महिनाको २ वटा बालकलाई सोही पसल अगाडिमा छाडी गएको सो ब्यक्ती साझँसम्म पनि फर्की नआएपछि बच्चाहरुलाई तत्काल उद्दार गरी नेपाल रेडक्रस सोसाईटी गौशाला उपशाखाका सभापति जिल्ला महोत्तरी गौशाला नगरपालिका–१२ का दिनेश महतोको घरमा ल्याइ सुरक्षित राखिएकोमा त्यसको अनुसन्धानका क्रममा वेवारिसे अबस्थामा छाडिएको नाबालक बच्चा र मृत अवस्थामा फेला परेको महिला बीच सम्बन्ध रहेको हुन सक्ने आधारमा मृतकको फोटो देखाउँदा बर्ष ४ को रामु नाम बताउने बालकले मृतक आफ्नो मम्मी रहेको भनि बताएको थियो । अनुसन्धानको क्रममा मृतकको नाम राधा भन्ने अफ्साना खातुन ( भारत सीतामढी भैरबकोठी, मेहसौल टोलका ) भएको पुष्टि भएको र मृतक राधा भन्ने अफ्साना खातुनसंग अजय महतो कोईरीको २ बर्ष अगाडि चिनजान भएको, अजय महतो कोईरी भारत सीतामढी घर भइ घर निर्माण गर्ने पेटी ठेकेदार र मृतक पहिले ज्याला मजदुरीको काम गर्ने क्रममा अजय महत्तो कोईरीसँग चिनजान भइ प्रेम सम्बन्ध स्थापित भएको र मृतक राधा भन्ने अफ्साना खातुनको पहिले भारतको उत्तर प्रदेशमा बिबाह भएको खुलेको छ ।

सोबाट २ वटा छोराको जन्म भएकोमा करिव २ बर्ष अगाडि सम्बन्ध बिग्रेर मृतकले पहिलो श्रीमानलाई छाडी २ बच्चा सहित आफ्नो माइतीघर भारतको सीतामढी भैरबकोठी मेहसौल टोलमा बस्दै आएकी थिइन् । महत्तो र खातुनले विहे गरे पश्चात खातुनले आफूलाई घरमा लग्नुपर्ने भनी जोडबल गरेपछि महतोले खातुनलाई आफ्नो घर लगेका थिए । गाउं समाजले खातुनलाई अस्वीकार गरी गाउंघरमा पञ्चायती गरेर २५ हजार रुपियाँ क्षतिपूर्ति दिइ खातुनलाई दिएर छुट्टिने र २५ नगदको गाउँ समाजको व्यक्तिलाई भोज खुवाउने गरी सहमति भएको थियो तर सहमति विपरीत खातुन महतोसंगै विगत ९ महिना अगाडि देखि सर्लाही जिल्लाको मंलगवा नपा–९ मा कोठा भाडा लिइ बस्दै आएका थिए । खातुन करिव ८–९ महिनाको गर्भवती भएको र श्रीमान महतोले आर्थिक रुपमा तनाव दिने, कोट म्यारिज गर भन्ने गरेको, बच्चा जन्मिएपछि अंश र अधिकार जसरी पनि लिन्छु भनि मानसिक तनाव दिने, अंश र अधिकार नदिए जबर जस्ती करणीमा पुलिस केस गर्छु भनि धाक धम्की दिइ लगातार बार्गेनिङ गर्ने गरेको समेत अनुसन्धानबाट खुलेको छ । महत्तो र सँगै काम गर्ने अर्को एक जना पुरूष व्यक्ति प्रमोद राउतको निर्माणाधीन घरमा काम गर्ने क्रममा प्रमोद राउत समेतसँगै हुँदा आफूलाई आफ्नो श्रीमती खातुनले साह्रै तनाव दिएको, आफ्नो घर परिवार समेत भाँडिएको, नेपालमा काम गरी बस्दा समेत आर्थिक रूपमा कुनै उन्नति गर्न नसकेको र यो सबैको कारण राधा भन्ने अफ्सना खातुन रहेको भनी बताएकोमा निर्माणाधीन घरको धनी प्रमोद राउत र सँगै काम गर्ने साथीले राधा भन्ने अफ्सना खातुनलाई हत्या गरेर शव जंगलमा फालि दिए समस्या समाधान हुन्छ भनि सल्लाह गरेर हत्या योजना बनाएको थियो ।

मृतक महिलालाई मेला हेर्न जाने भनी महत्तो र हाल फरार रहेका अर्का व्यक्ति समेतले विश्वास दिलाइ मलंगवाबाट १६ सयमा टेम्पो रिजर्भ गरी श्रीमान–श्रीमती, दुई नाबालक छोराहरू र अर्का एक जना पुरूष व्यक्ति एकै टेम्पुमा बसी सर्लाहीको ईश्वारपुर नपा–१३ श्रीनगर चोकसम्म आएको र टेम्पु फिर्ता गएको, सो ठाउँबाट महिलाको महतो तथा र अर्का पुरूष व्यक्तिले खातुनलाई सोही स्थानमा पर्ने अं.२०० मिटर जति पश्चिममा रहेको घटनास्थल सागरनाथ जंगलतर्फ लगेर हत्या गरेको सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश विष्ठले बताए ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News