२०७८ फाल्गुन ९, सोमबार ०७:५०
गौर । रौतहट जिल्लाको यमुनामाइ गाउंपालिका–३का जनता समाजवादी पार्टीका स्थानीय नेता मोहमद इर्सादले गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले व्यापक अनियमितता गरेको आरोप लगाएका छन् ।
सञ्चारकर्मीसंग कुराकानीका क्रममा उनले नेपाल सरकार तथा प्रदेश सरकारले विकास निर्माणको लागि दिएको बजेट दुरुपयोग गरेको र नियमनकारी निकाय समेतले कुनै कारवाही समेत गर्न नसकेको जिकिर गरे । स्थानीय तहमा प्रतिपक्षको भूमिका रहेका अन्य दलका नेताहरुले आर्थिक प्रलोभनमा परी भ्रस्टाचारमा सहयात्री बनेको चर्चा गर्दै गाउंपालिका अध्यक्ष मुखियाले निमित्त प्रमुख प्रशासकीय अधिकृत , वडा अध्यक्षहरुको सहकार्यमा सामाजिक सुरक्षाको रकम , बालबालिकाको पोषण भत्ता , सडक तथा नाला निर्माण लगायतको शीर्षकहरुमा अनियमितता गरेको दाबी समेत गरे ।

