वीरेन्द्र बजार । जनता समाजवादी पार्टी (जसपा) अग्निसाईर कृष्णासवरन गाउंपालिकाको पार्टी कार्यालय उद्घाटन गरिएको छ ।
आइतबार आयोजित समारोहबीच जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवल किशोर साहले कार्यालयको उद्घाटन गरेका हुन् । जसपा गाउंपालिका अध्यक्ष सत्यनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री साहले रिबन काटेर पार्टी कार्यालय उद्घाटन गरेका थिए । समारोहमा मन्त्री साहले स्थानीय तहको निर्वाचन सरकारले तोकेकै समयमा हुने दाबी गरे । उनले पार्टी कार्यालयबाट गाउंपालिकामा आउने सेवाग्राही सहित सम्पूर्ण जनताको कामकाजमा सहजता ल्याउनु पर्नेमा जोड दिए । पार्टी कार्यालय नेताकार्यकर्ता बस्ने थलो मात्र हुनु हँुदैन, मन्त्री, साहले भने, यहाँबाट जनतालाई सेवा सुविधा मिल्नु आवश्यक छ । कार्यालय स्थापना संगै निर्वाचनको तयारीमा लाग्न नेताकार्यकर्तालाई निर्देशन दिँदै मन्त्री साहले सरकारले घोषणा गरेको समयमा नै चुनाव सम्पन्न हुने दाबी गरे । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा. सुर्य नारायण यादवले जसपा शोषित, उत्पीडित समुदाय र सर्वहारा वर्गको पार्टी भएको बताए ।
देशमा सबैखाले विभेद अन्त्य गर्न स्थानीय चुनावलाई उपयोग गर्नुपर्नेमा जोड दिँदै साँसद यादवले पहिचान, अधिकार, प्रतिनिधित्व र विकासलाई एकसाथ अगाडि बढाउन स्थानीय निर्वाचनमा जसपाका उम्मेदवारलाई सरकारको नेतृत्वमा पु¥याउने अवसरमा चुक्न नहुने उल्लेख गरे । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम थारु संघका केन्द्रीय ईन्चार्ज विनोद चौधरीले अधिकार सुनिश्चितताकालागि मधेशी, थारु, मुस्लिम, आदिवासी जनजाति, दलित, महिला एक ठाउँमा गोलबद्व हुनुपर्नेमा जोड दिए । स्थानीय तहमा व्याप्त अनियमितता, भ्रष्टाचार र बेथितिलाई हटाउन र स्थानीय तहको विकास र समृद्धिका लागि जसपाका उम्मेदवारलाई भोट हाल्नुको विकल्प नरहेको उनको भनाई थियो । अग्निसाईर कृष्णासवरन गाउंपालिकाकी उपाध्यक्ष मिना चौधरीले जसपाको पार्टी कार्यालय संचालनले गाउंपालिकाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले जसपाको कार्यालय स्थापना हँुदा गाउंपालिकावासीलाई सेवा र परामर्श लिन सहज हुने बताईन् ।
पार्टी कार्यालय उद्घाटन समारोहमा जसपा पूर्व केन्द्रीय सल्लाहकार चन्देश्वर प्रसाद यादव, जसपा नेता एवम नेवाःदेयःद्बु मधेश प्रदेश संयोजक दक्ष नारायण श्रेष्ठ, नेकपा एमाले गाउंपालिका अध्यक्ष दिनानाथ चौधरी, माओवादी केन्द्रका जिल्ला सदस्य बेचन मण्डल, जसपा जिल्ला सदस्यहरु रामदेव यादव, अशोक कुमार चौधरी, राम कुमार चौधरी, चित्तरंजन यादव, दाङ जिल्ला सदस्य अशोकानन्द यादव, कंचनरुप नगरपालिका उपाध्यक्ष कल्पना चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । जनता समाजवादी पार्टी नेपाल सप्तरीका कोषाध्यक्ष बृजमान तामाङद्वरा संचालित कार्यक्रममा गाउंपालिकाका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार यादवले स्वागत मनतव्य राखेका थिए ।

