कलैया । प्रहरीले जिल्लाको बिभिन्न ठाउंबाट मदिरा बनाउने करिब साढे १२ सय लिटर कच्चा पर्दाथ नष्ट गरेको छ ।
महागढिमाई नगरपालिका–३ का राजकुमार राम चमार. जय राम चमार र हृदय राम चमारले लुकाई छिपाई घर भित्र अवैध रूपमा ३ वटा घरेलू रक्सी भठ्ठी संचालन गरी राखेको छ भन्ने सूचनाको अधारमा प्रहरीको टोलीले ३ वटा भठ्ठीबाट ४ सय ५० लिटर.कच्चा पदार्थ तथा ३५ लिटर.तयारी रक्सीलाई नष्ट गरिएको प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिए । त्यसै गरी जितपुर सिमरा उपमहानगरपालिका–१८ लामीडाँडामा अवैध रुपमा संचालनमा रहेको ५ वटा अवैध मदिरा भठ्ठी सहित तयारी मदिरा २८ लिटर र कच्चा पदार्थ .७ सय ६५ लिटर वरामद गरी प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
टोलीले कोल्हवी नगरपालिका.–८ नयावस्ती रहेको अवैध घरेलु मदिरा रक्सी बनाउने २ वटा भठ्ठी नष्ट गरी उक्त भठ्ठीमा रहेको कच्चा पदार्थ २ सय लिटर र तयारी मदिरा .४० लिटर सहित मदिरा बनाउन भाडाकँुडा थान– ४ समेत नष्ट गरेको प्रहरी प्रवतmा थापाले बताए ।

