२०७८ फाल्गुन १०, मंगलवार ०७:२३

जनता समाजवादी पार्टी( जसपा)बाट अलग्गिएको वर्ष दिन नपुग्दै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)मा ठूलो जनपहिरो जान लागेको छ । लोसपाका वरिष्ठ नेताहरु पार्टी छाडेको घोषणासँगै तराई मधेश लोकतान्त्रिक पार्टी( तमलोपा)मा फर्किन लागेका छन् ।

लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल, वरिष्ठ नेता डा.विजय कुमार सिंह लगायतका कयौं प्रभावशाली नेता, कार्यकर्ताहरुले मंगलवार लोसपा छाडेको औपचारिक घोषणा गर्ने छन् । जिल्ला समन्वय समिति धनुषाको सभाकक्षमा आयोजित कार्यक्रममा नेताहरुले लोसपा परित्यागको घोषणासँगै तमलोपाको स्वामित्वग्रहण गर्ने छन् । लोसपा गठन हुने क्रममै तमलोपा निर्वाचन आयोगमा दर्ता गरिएको थियो ।तर कतिपयले तमलोपालाई सुरक्षित गर्न मात्र दर्ता गरिएको बताइएको थियो । निर्वाचन आयोगमा तमलोपाको अध्यक्षमा रविशंकर लाल कर्ण रहेका छन् ।उनी वृषेशचन्द्र लालका नाती हुन् ।नेताहरु तमलोपाको स्वामित्व ग्रहणगरेसँगै अध्यक्षमा डा.विजय कुमार सिंहको घोषणा हुनेछ । नेपाली कांग्रेस परित्याग गरी महन्थ ठाकुरको नेतृत्वमा तमलोपा गठन गर्ने संस्थापक नेताहरु मध्येका लाल, सिंह हुन् ।उनीहरु ठाकुरका अत्यन्त विश्वासपात्र मानिन्थे ।तर ठाकुरले आफ् ना सम्धी उमाकान्त झाको घेराबन्दीमा परेपछि उनीहरुले पार्टी परित्याग गर्न थालेका हुन् । तमलोपा ब्यूतिएसँगै लोसपालाई धनुषा, महोत्तरीमा ठूलो धक्का लाग्ने संभावना छ ।दुई जिल्लामा लोसपामा जनपहिरो नै जान लागेको छ ।धनुषा र महोत्तरीमा ठाकुरका लागि लाल, डा.सिंह बलियो खम्बा थियो ।अब त्यो ढलेको छ ।

जसपाको कार्यकारिणी समिति सदस्यबाट डा.सिंहलाई रोकेर ठाकुरले सम्धी उमाकान्त झालाई बनाएका थिए ।प्रदेश र जिल्लामा अध्यक्ष र ईञ्चार्ज तोक्न समेत ठाकुरले उनीहरुलाई वेवास्ता गरे । तमलोपामा फर्किन लागेका नेताहरु लोसपा गठन हुनु अगावैदेखि ठाकुरको क्रियाकलापबाट असन्तुष्ट थिए ।तर उनीहरुले चाहेको भूमिकाप्रति अध्यक्ष उपेन्द्र यादवले चासो नदेखाएपछि जसपामा रहिरहने वातावरण तयार नभएको बताइन्छ । जसपाबाट छुट्टिने क्रममा कार्यकारिणी समितिका सदस्य वृषेशचन्द्र लालले ठाकुरकै पक्षमा सनाखत गरेका थिए ।तर उनले ठाकुरको छलछामपूर्ण कार्यप्रति असहमति जनाएका थिए ।डा.सिंह र लाल लगायतका नेताहरुलाई फकाउन ठाकुरले गरेको सबै प्रयास विफल भएपछिको परिणाममा तमलोपा ब्यूतिएको हो । सम्धी उमाकान्त झा र सम्धिनी इन्दिरा झाका लागि पार्टीका नेताहरुको भावना विपरीत एकल निर्णय लिने गरेका ठाकुरले पछिल्लो समयमा धनुषाका ईञ्चार्ज पनि सम्धीलाई बनाएका छन् । मधेश प्रदेशका अध्यक्ष बनाइएका जितेन्द्र सोनललाई ठाकुरले बारा जिल्लाका ईञ्चार्ज र प्रदेश संसदीय दलका नेता पनि बनाएका छन् ।त्यसले पनि लोसपामा विवाद असन्तुष्टि व्यापक बढेको छ । जसपाबाट छुट्टिने क्रममा राजेन्द्र महतो निकटका अधिकांश नेताहरुले साथ छाडेका थिए ।लोसपाबाट अलग्गिन लागेका अधिकांश नेताहरु ठाकुर निकटका छन् ।तर केही नेताहरु भने महतोका सहयोगीहरु पनि छन् । ठाकुर र महतोले दलमा परिवारवादलाई केन्द्रमा राखेका छन् ।ठाकुरले सम्धी , सम्धिनी र महतोले ज्वाई अनिल महासेठ लगायतलाई अवसर दिन थालेका छन् ।त्यसबाट पार्टीका अधिकांश नेता, कार्यकर्ताहरु क्षुब्ध बनेका छन् ।

धनुषाका चर्चित महिला नेतृहरुले पनि लोसपा छाड्ने भएका छन् ।उनीहरु पनि तमलोपामा फर्किने तयारी गरेका छन् ।महिला नेतृहरुलाई लोसपामा पनि उपेक्षा गरिएको छ ।आन्दोलनको क्रममा अग्रभागमा रहने महिलाहरु अहिले उपेक्षित भएका छन् । हप्तादिन पूर्व कयौं दिन ठाकुरले धनुषामै रहेर पार्टी छाड्ने नेताहरुलाई रोक्ने प्रयास गरेका थिए ।तर वरिष्ठ नेता महतोसित समेत सम्बन्ध चिसिएको कारण उनी असफल भए । मधेश प्रदेशको कार्यालय उद्घाटनमा समेत सहभागी नभएका महतो धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को संसदीय क्षेत्रमा कार्यक्रम गरेपनि लोसपाबाट अलग्गिन थालेका नेताहरुलाई पार्टीमै राख्न समेत पहल नगरेको बताइन्छ । लोसपामा अब वरिष्ठ नेता शरतसिंह भण्डारीको पकड बलियो हुन थालेको छ ।हुनत उनकै समर्थक राजेशमान सिंहले पनि पार्टी छाडिसकेका छन् ।उनी वीरगञ्ज महानगरपालिकाका मेयरका प्रत्याशी थिए ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News