कलैया । चोरीको भैँसीसहित बारा जिल्लामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
आईतबार जिल्ला पर्सा पर्सागढी नगरपालिका–४ परशुराम टोलको गोठबाट चोरी भएको भैँसी प्रहरीले बरामद गरेको छ । सो भैंसी प्रहरीले जीतपुरसिमरा उप– महानगरपालिका–६ टोलबाट बरामद गरेको जनाइएको छ । खलिल साईम फकिरको दुध दिने माहु भैँसी ईलाका प्रहरी कार्यालय सिमराबाट खटेको टोलीले भैँसी सहित रौतहटको ईसनाथ नगरपालिका–२ घर भइ हाल जिल्ला बारा जीतपुरसिमरा उप–महानगरपालिका–७मा डेरा लिइ बस्दै आएका राकेश माझी र भारत बिहार मोतिहारी जिल्ला लखौरा घर भइ हाल जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–३२ का सहिल खान रहेका छन् । ईलाका प्रहरी कार्यालय सिमराले थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको जनाइएको छ ।
https://www.youtube.com/watch?v=VzR7rinzOeY

