२०७८ फाल्गुन १०, मंगलवार ०८:२५
राजविराज । सप्तरीको तिरहुत गाउंपालिका–२ मयनाकडेडीमा निर्माण हुन लागेको राधाकृष्ण मन्दिर तथा धर्मशालाको शिलान्यास गरिएको छ ।
मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले सामाजिक विकास मन्त्रालयको सहयोगमा निर्माण हुन लागेको सो मन्दिर एवम् धर्मशालाको शिलान्यास गरेका हुन् । कार्यक्रममा तिरहुत गापा अध्यक्ष हेमन्त कुमार वहरखेर,तिर हुत गापा– १ का वडा अध्यक्ष शिवनारायण मेहता,वडा नं २ का वडा अध्यक्ष जयप्रकाश यादव,वडा नं ४ का वडा नं वडा अध्यक्ष मनोज कुमार यादव लगायतको सहभागिता रहेको थियो ।

