२०७८ फाल्गुन ११, बुधबार ०५:१२
जनकपुरधाम । प्रहरीले मोटरसाइकल चोरीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
गत माघ २४ गते प्रदेश २–०२–००२ प. २७३५ नम्बरको २ सय २० सि.सि.को पल्सर मोटरसाईकल जनकपुर उप–महानगरपालिका– १ भानु चोकमा रहेको सिटिजन बैंक अगाडिबाट चोरी भएको थियो । प्रहरीले अनुसन्धान तथा खोज तलाशको क्रममा महोतरी जिल्लाको बलबा नपा– ३ बाट स्थानीय प्रहरीको सहयोगमा चोरीको मोटरसाइकल सहित धनुषाको मुखियापट्टी मुसहरनिया गापा–३का २० वर्षीय रामजी कुमार यादव र सोही ठाउँका १९ वर्षीय आदम हुसैनलाई प्रहरीले पक्राउ गरेको छ । दुबैजनालाई जिल्ला अदालत धनुषाबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जितेन्द्र बस्नेतले बताए ।

