अपडेट 
२०७८ फाल्गुन ११, बुधबार १७:१७

नेपालमा थप ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ५ हजार १ सय ३ पिसिआर परिक्षणका क्रमम २ सय ५६ जना र ३ हजार ५ सय ९० एन्टीजेन परिक्षणका क्रममा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ९ सय ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५४ हजार ३ सय ४१ जना निको भएका छन् ।

हाल नेपालमा १० हजार ९० सक्रिय संक्रमित आइशोलेशन र १०७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News