अपडेट 
२०७८ फाल्गुन १२, बिहीबार ०७:१९

अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) को भविष्य बिहीबार निर्धारण हुने भएको छ । बिहीबार रणनीतिलाई मुर्तरुप दिन कार्यव्यवस्था परामर्श समितिमा हुने सहमति अनुसार एमसीसीमाथि छलफल सुरु हुनेभएको छ ।

सैद्धान्तिक र दफाबार छलफलका लागि कार्यव्यवस्था परामर्श समिति बैठकले समय तोक्ने र प्रतिनिधिसभामा एमसीसीमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव गर्ने जनाइएको छ । सैद्धान्तिक छलफलमा सांसदहरूले एमसीसीबारे आ– आफ्नो धारणा राख्ने छ । मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जवाफ दिएपछि सभामुखले एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने छ । एमसीसी प्रक्रिया थप अगाडि बढ्न उक्त प्रस्ताव बहुमतले स्वीकृत गर्नुपर्ने व्यवस्था छ । बहुमतले अस्वीकृत भए एमसीसी अघि बढाउने बाटो बन्द हुन्छ । प्रस्ताव स्वीकृत भए प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २२५ बमोजिम अगाडि बढ्ने बताइएको छ । त्यसपछि एमसीसीलाई फेरि मन्त्रीले सन्धिको प्रावधानमाथि छलफल गरियोस् भनि अर्को प्रस्ताव राख्न सक्छन् ।

उक्त प्रस्तावलाई सभामुखले ध्वनि मतबाट निर्णय गराउने कार्ययोजना रहेको छ । प्रतिनिधि सभामा कूल २ सय ७५ सांसदमध्ये हाल २७१ सांसद छन् । जस अन्तर्गत नेकपा एमालेका ९८ सांसद छन् । कांग्रेसका ६३ सांसदमध्ये २ जना निलम्बित रहेकाले हाल ६१ जनामात्र छन् । माओवादी केन्द्रका सभामुखसहित ४९ जना छन् । नेकपा एकीकृत समाजवादीका २३ जना छन् भने जसपाका १९ जना (एक जना निलम्बित) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का १२ जना सांसद (रेशम चौधरीले पार्टी छोडेको) छन् । जसमा काँग्रेसका ६१ र लोसपाका १२ सांसद गरी एमसीसी सम्झौताको पक्षमा ७३ मत पुग्छ । यता सत्ता घटक माओवादीका सभामुख बाहेक ४८, एकीकृत समाजवादीका २३, जनमोर्चाका १ सांसद अहिलेसम्म सम्झौताको विपक्षमा छन् । सत्ता गठबन्धनका ७२ सहित नेमकिपाका १, राप्रपाका १ र स्वतन्त्र १ गरी ७५ मत विपक्षमा देखिन्छन् ।

Comment


Related News

Latest News

Trending News