२०७८ फाल्गुन १२, बिहीबार ०७:२५
रौतहट प्रहरीले १ सय ५० बोरा कतरनी चामल सहित एउटा पिकअप भ्यान नियन्त्रणमा लिइ भन्सार कार्यालयमा बुझाएको छ ।
भारतबाट भन्सार छली गरेर अवैध रुपमा नेपालमा ल्याउँदै गरेको अवस्थामा गस्तीमा खटेका प्रहरीको टोलीले गौर नगरपालिका– १ बाट पिक अप र सो मा लोड गरिएको १ सय ५० बोरा चामल नियन्त्रणमा लिएको थियो । चामल सहित पक्राउ परेका १५ लाख २५ हजार मुल्य बरावरको १ सय ५० बोरा चामल र प्रदेश २–०३– ००१च–२१३८ नं.को पिकअप आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा पठाईएको जिल्ला प्रहरी कार्यालयका सूच्ना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

