२०७८ फाल्गुन १२, बिहीबार ०७:३६

बारा जिल्लाको फेटा गाउंपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले व्यापक भ्रष्टाचार गरेको आरोप लगाइएको छ । स्थानीय राजनीतिक दलहरुले सो आरोप लगाएको हो ।

फेटा गापा–३ बजारमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष प्रसादले शिक्षा, स्वास्थ्य,भौत्तिक निर्माण, बाटाघाटो निर्माण, सिँचाई, कृषि, खुल्ला दिशामुतmको नाममा समेत भ्रष्टाचार गरेको दाबी गरिएको छ । नेपाली कांग्रेस,नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तथा जनमतका स्थानीय नेताहरुले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा अध्यक्ष प्रसादले आफुले सम्पन्न गरेको कामकाजबारे नागरिक सामु खुल्ला रुपमा कहिले पनि जानकारी नदिएको ,मनोमानी तरिकाले परिषद गरेर विभिन्न योजनामा अनियमितता गर्दै आएको आरोप लगाइएको छ । आफूलाई भोट नहालेका व्यतिmहरुलाई बिभिन्न बहानामा दुख दिँदै आएको हँुदा सर्व साधारणहरु अध्यक्ष अमिरीसंग निकै नै पीडा खेप्नु परेको नेपाली कांग्रेसका गाउँपालिका अध्यक्ष मनोज साहले बताए । कसैलाई जानकारी नै नदिइ अचानक फेटा बजारमा सडक ढलानका लागि गुपचुप रुपमा उपभोतmा समिति निर्माण गरी ढलान गर्न जाँदा स्थानीयहरुले लखेटेपछि काम छाडेको र विरोध भएपछि सो ८२ लाखको बजेट अरु तिर सारेर अनियमितता गर्ने दाउमा रहेका अध्यक्ष प्रसादले सार्वजनिक सुनुवाइ गर्नु पर्ने माग समेत गरिएको छ । फेटा बजारमा गरिने ढलानका बजेट कति छ, उपभोतmा समितिमा को को छ भनेर सोध्दा त्यसको जवाफ जनतालाई दिन नसक्नुले सो योजनामा व्यापक रुपमा अनियमितता गर्ने योजना रहेको आशंका समेत नेकाँका प्रतिनिधि रुस्तम अंसारीले बताए ।

साढे ४ बर्षको आय व्यय हामीलाई ७ दिनको भित्र नदिए पालिकामा तालाबन्दी गर्ने चेतावनी समेत दिइएको छ । आयव्ययका लिखित निवेदन दर्ता पालिकामा गरे पनि कर्मचारी तथा अध्यक्षले कुनै चासो नलिएको आरोप समेत लगाइएको छ । पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका गाउंपालिका अध्यक्ष साह, नेकपा एसका नेता रामसुन्दर प्रसाद गुप्ता, शम्भु साह कलवार, विन्देशरी प्रसाद कुशवाहा,जनमत पार्टीका गाउंपालिका सचिव नरेश प्रसाद साह, स्थानीय दिनेश प्रसाद कलवार, रंजन कुमार बैठा, रामअशिष साह , सुरेश प्रसाद साह, रामचन्द्र कानु लगायतको सहभागिता रहेको थियो । केही दिन अघि कमिशनको चलखेल गरी फेटा बजारको ठेक्का लिएका ठेक्कदारले बाटो खन्न लाग्दा करिब ५ सयको हाराहारीमा आएको स्थानीयवासीहरुले चर्को वि

Comment


Related News

Latest News

Trending News