२०७८ फाल्गुन १२, बिहीबार ०७:४०

स्थानीय तहको निर्वाचनमा दलित समुदायको समानुपातिक प्रतिनिधित्वका लागि टिकट वितरण गर्न प्रतिवद्धता व्यक्त गरिएको छ ।

दलित सरोकार मञ्च कंञ्चनपुर सप्तरीको आयोजना र राष्ट्रिय दलित पत्रकार संघ बाराको सहकार्यमा सम्पन्न राजनीतिक दलहरुसंगको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा नेकपा एमालेका सचिव अध्यानन्नद पाण्डेय, माओवादी केन्द्रका युवा नेता मुकेश साह, नेकपा एसका युवा नेता ईमरान आलमले आगामी निर्वाचनमा आ– आफ्नो पार्टीमा छलफल गरी समानुपातिक रुपमा वडा सदस्य देखि, पालिका , नगर, उपमहानगरमा समेत दलित समुदायलाई टिकट दिने प्रतिवद्धता ब्यतm गरे ।

कार्यक्रममा बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले राजनीतिक दलहरुले दलितहरुलाई अवसर नदिइ भोट बैकको रुपमा मात्र प्रयोग गरेको आरोप लगाए । अधिकारका लागि दलित समुदायहरु अहिले पनि एक जुट हुन नसके अधिकारबाट वञ्चित हुनुपर्ने धारणा धारणा समेत उनले राखे । नेपाल पत्रकार महासंघका निवर्तमान प्रदेश सचिव गुरु प्रसाद गौतमले दलितहरुलाई हरेक पार्टीले मुलधारको राजनीतिक ठाउंहरुमा स्थान दिनुपर्ने कुरामा जोड दिए । राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सचिव सिकेन्द्र पासवानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा डा विजय मिश्रले प्रशिक्षण दिएका थिए । कार्यक्रममा दलित आयोगका पूर्व सदस्य विक्रम राम, नेपाली कांग्रेसका मधेस प्रदेश सदस्य सीता कुमारी पासवान, दलित महलिा संघका जिल्ला अध्यक्ष किसमति देवी राम, वरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष लक्ष्मी साह लगायतको उलेख्य सहभागिता रहेको थियो ।

Comment

Related News

Latest News

Trending News