२०७८ फाल्गुन १२, बिहीबार ०७:५२

स्रोत नखुलेको साढे नौ लाख रकम सहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बुधबार साँझ जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टी महोत्तरीबाट खटेको टोलीले मनरासिसवा नपा–२ कट्टीमा मोटरसाइकल चेकजाँचको क्रममा प्रहरीले सो व्यक्तिलाई पक्राउ गरेको हो । भारत बिहारको सितामढी जिल्लाको सिरसिया ग्रामपंचायत बेला थाना–१४का ३० वर्षीय दिपक कुमार चौधरीलाई स्रोत नखुलेको रकम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएका छ । बीआर ३० एडी ८३४६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपाल तर्फ आउंदै गरेका चौधरीले टिसर्ट भित्र कम्मरमा बाँधेर राखेको रकम बरामद गरिएको हो ।

प्रहरीले १ हजार दरको ८ बण्डल प्रत्येक बण्डलमा १ हजारको दरको नोट एक सय थान गरी ८ लाख , पाँच सयको नोटको दुई बण्डलमा रहेको १ लाख तथा विभिन्न नोट गरी नौ लाख पचास हजार रकम बरामद गरेको छ भने मोटरसाईकल र भारतप्य सिमकार्ड प्रयोग भएको रियल मी कम्पनीको निलो रंगको मोबाईल १ थान समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्ति र बरामद गरिएको रकम आवश्यक कारवाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिवारामा बुझाइने तयारी गरेको जिप्रका महोत्तरीका सूचना अधिकारी प्रकाश विष्टद्वारा हस्ताक्षरित तथ्यांकमा उल्लेख रहेको छ ।

Comment


Related News

Latest News

Trending News