ट्रिओ नामक इलेक्ट्रिक अटो सार्वजनिक गरिएको छ । बु
धबार जनकपुरधाममा आयोजित एक कार्यक्रमबीच ट्रिओ ईलेक्ट्रिक अटो सार्वजनिक गरिएको हो । महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी) का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालि हेटौंडाको आयोजनामा भएको कार्यक्रममा मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले अटो सार्वजनिक गरेका थिए । विक्रेता सिने ए अटो मोबाइल प्रा.लि का अध्यक्ष वीरेन्द्र साहले ८ लाख ४० हजार मूल्यमा विद्युतीय अटो खरिद गर्न सकिने जानकारी दिए । साहका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनियताबाट लाभ उठाउन सक्ने छन् । विद्युतबाट सञ्चालन हुने भएकाले आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्ने उनको भनाइ थियो ।
महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतमा निर्माण भइरहेको छ । नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भइसकेको समेत जनाइएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्ने बताइएको छ ।

