![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
सुनचाँदी बजारमा आज (शुक्रवार) छापावाल सुनको मूल्य प्रतितोला १ हजारले घटेर ९८ हजार तोकिएको छ। पहेँलो धातुको अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज (शुक्रवार) तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय तोकिएको छ । बिहीवार यसको मूल्य प्रतितोला ९८ हजार ५ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर १ हजार ३३५ पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१४ डलर आसपास कारोबार भइरहेको महासंघले. जनाएकाे छ ।