२०७८ फाल्गुन १४, शनिबार ०७:३९

मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले सार्वजनिक कार्यक्रममा मन्त्री रामसरोज यादवको आलोचना गरेका छन् ।

गाँधीवादी नेता महेन्द्रनारायण निधिको शतवार्षिकी जयन्तीको अवसरमा शुक्रवार यहाँ आयोजित एउटा कार्यक्रममा प्रमुख मिश्रले भौतिक पूर्वाधार विकास मन्त्री यादवको आलोचना गरेका हुन् । कांग्रेसका संस्थापक नेता मध्येका स्वर्गीय रामनारायण मिश्रको शालिक निर्माणका लागि बजेट उपलब्ध नगराएको आरोप लगाउँदै मिश्रले मन्त्री यादवको आलोचना गरे । ‘जनकपुर चुरोट कारखाना परिसरमा तत्कालीन राप्रपाका मजदुर नेताहरुले स्व.मिश्रको शालिक निर्माण गरेका थिए’ उनले भने, तर शालिक माथि एउटा सानो छाना बनाउन समेत मन्त्री यादवले चासो देखाएनन् । स्व.मिश्र प्रदेश प्रमुख मिश्रका पिता रहेकाले शालिकका लागि उनी आक्रोशित बनेको बताइन्छ ।मन्त्री यादवमाथि खनिएका मिश्रले पार्टी र विकासका भन्दा व्यक्तिगत हितका लागि काम गरिरहेको आरोप उनले लगाए । प्रदेश प्रमुखले सार्वजनिक समारोहमा प्रदेश सरकारका मन्त्रीमाथि व्यक्तिगत स्वार्थका लागि अनावश्यक लाञ्छना लगाएको टिप्पणी यादव समर्थकहरुले गरेका छन् ।मन्त्री यादवले शालिक निर्माणका लागि बजेट विनियोजन गर्ने भनिए पनि अन्त्यमा बिर्सिएको स्वीकारे । स्वर्गीय नेता निधिको धनुषा जिल्लामा हाल सम्म शालिक बनाइएको छैन् ।

महेन्द्रनारायण निधि सांस्कृतिक भवन पनि अलपत्र परेको छ ।उनको दाहसंस्कार गरिएको पैतृक गाउँमा समेत शालिक निर्माण भएको छैन् । कार्यक्रममा सहभागी नेताहरुले स्व.निधिको योगदानबारे चर्चा गरेका थिए ।कार्यक्रममा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, रामकृष्ण यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो । जिल्ला अधिवेशनको संघारमा रहेको धनुषा कांग्रेसका नेताहरु कार्यक्रममा सहभागी भए पनि प्रदेश प्रमुखको पितृ मोहबाट खिन्न भएका थिए ।मन्त्रीलाई कार्यालय अथवा आवासमा बोलाएर शालिक र बजेटको विषयमा छलफल गर्नुपर्ने उनीहरुको कथन थियो । प्रदेश प्रमुखले पदिय मर्यादा बिर्सेर सार्वजनिक स्थलमा मन्त्रीबारे टिप्पणी गर्नु आपत्तिजनक रहेको नेताहरुले बताए ।

please subscribe our official youtube channel and support us

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News