२०७८ फाल्गुन १४, शनिबार ०७:५५

राजविराज । एक पक्षीय रुपमा समिति विस्तार गरिएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले शुक्रबार पार्टी कार्यालयमा सप्तरीमा तालाबन्दी गरेको छ ।

असन्तुष्टहरुले केही दिनअघि मात्र विस्तार गरिएको पार्टीको जिल्ला कार्यसमितिमा पुराना र सक्रिय कार्यकर्तालाई पाखा लगाइ आफन्त तथा आसेपासेलाई प्राथमिकता दिएको भन्दै त्रृटी नसच्याए आन्दोलनका थप कार्यक्रम अघि बढाउने चेतावनी समेत दिएका छन् ।त्रुटी सच्याउन पटक–पटक आग्रह गरिए पनि वेवास्ता गरिएको भन्दै बाध्य भइ तालाबन्दी गर्नु परेको असन्तुष्ट नेता कार्यकर्ताहरुले बताए । आसेपासेलाई समितिमा राखेर पार्टीको लागि अहोरात्र खट्ने कार्यकर्ताहरुलाई पाखा लगाउनुले थुप्रै नेता कार्यकर्ताहरु अन्यायमा परेकोले आन्दोलनमा उत्रिनु परेको महिला नेतृ रीना झाले बताईन् । लोसपाका वीरेन्द्र यादव, सदानन्द शर्मा, शिवलखन मण्डल, बालबोध झा, सत्येन्द्र प्रसाद देव लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागितामा तालाबन्दी गरिएको छ भने त्रुटीपूर्ण निर्णय नसच्याए सम्म तालाबन्दी जारी रहने चेतावनी समेत दिइएको छ ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment

Related News

Latest News

Trending News