२०७८ फाल्गुन १४, शनिबार ०७:५८

कलैया । फेटा गाउंपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले कमिशन लिएर ४० जना भन्दा बढी कर्मचारी नियुति गरेको खुलाशा भएको छ ।

अध्यक्ष प्रसादले कमिशन लिइ तथा आसेपासे व्यक्तिहरुलाई सुरक्षा गार्ड, नगर प्रहरी,शिक्षक, कार्यालय सहयोगी, अपरेटर,पियन,लगायतका ४० जना भन्दा बढी कर्मचारीहरुको नियुक्ति गरेको आरोप लगाइएको छ । २०७२ सालमा मधेश मुतिmका लागि मधेश आन्दोलनमा शहादत प्राप्त गरेका तत्कालीन फेटा गाविस –८ हाल फेटा गाउंपालिका–२ जगतपुरका मजिद मियाँको शहादतलाई मतदाताहरुको माझमा नाम राख्दै मतदाताहरुको मत उनकै नाम लिइ अध्यक्ष निर्वाचित भएको साढे ४ बर्ष बितिसक्दा पनि ती शहीदको परिवारलाई त जागिरको कुरो परै जाओस रेखदेख समेत नगरी उपेक्षा गर्दै परिवारसंग ठूलो धोकेबाजी गरेको स्थानीय नेताहरुको आरोप छ । स्व. शहीद मजिदको श्रीमति, एक छोरा, बुबा, आमा र ३ भाई रहेकोमा घरका एक जना सदस्यलाई समेत रोजगारी नदिइ लाखौंको चलखेलमा अन्य ठाउं, र पालिकाका भित्रका ४० जना भन्दा बढीलाई जागिर दिएर लाखौ लाख भन्दा बढी पैसा असुलीमा लागेको नेपाली कांग्रेस फेटा गांउपालिकाका सभापति मनोज साहले आरोप लगाए ।

यति मात्र नभइ आफना काकाका छोरा भाई, ज्वार्इं समेतलाई पालिकामा जागिर दिएको खुलेपछि अध्यक्ष प्रसादले गर्दै आएको अनियमितताबारे झनै छताछुल्ल भएको छ । मोटो रकमको चलखेल गर्नकै लागि नियम विपरीत ईन्जिीनियरलाई निमित्त प्रमुख प्रशासकीयको दर्जामा सबै कामकाज गराउंदै आएका छन् । स्रोतका अनुसार उपभोतmाबाट, योजनाहरु ठेक्का दिएका ठेक्कदार हरुबाट समेत मोटो रकम कमिशन लिने गरेको बताउंदै रुस्तम मियाँले पटक पटक स्थानीयवासीहरुले साढे ४ बर्षको बजेटबाट के के काम कहाँ कहाँ भयो, कति कति लागतमा भयो, को को उपभोतmा समिति रहेको थियो, कुन कुन योजना ठेक्कामा दिएको थियो ती सबै कुराहरु पारदर्शिता गर्न माग गरे पनि अहिले सम्म सार्वजनिक नगर्नुले पनि भ्रष्टाचारको ठूलो गन्ध आएको उनले बताए ।

खुल्ला दिशामुत अभियानमा, बीउ बिजन वितरण, कोरोना कालमा रासन वितरण, माक्स, सेनिटाईजर, तन्ना, कम्बल, झुल खरिदमा अनियमिता गरे संगै बजारमा रहेको छठघाटको पर्खाल, नेरा मावि फेटाको भवन निर्माण, वडा नम्बर १ देखि ७ सम्मको योजनाहरु जस्तै पुल निर्माण, बाटाघाटो निर्माण, माटो पुरी ग्रोभल, स्वास्थ्य चौकी निर्माण, लगायतका योजनाहरुमा गुणस्तर समानहरुहरुको प्रयोग गरी मोटो चलखेल गरी बजेट झ्वाम्म पारेको स्थानीयवासीहरुले पत्रकार सम्मेलन कै आयोजना गरी आरोप लगाएका थिए ।

Please Subscribe our official youtube channel and support us

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News