वीरगञ्ज उद्योग वाणिज्य संघको टोलीले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसंग भेंटवार्ता औद्योगिक सुरक्षा बल स्थापना गर्नु पर्ने माग अघि सारेका छन् ।
वीउवासंघका अध्यक्ष डा.सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेको टोलीले भेंटवार्ताको क्रममा उद्योगी व्यवसायीहरुको सुरक्षा लगायतको विषयमा महानिरीक्षक खनालको ध्यानाकर्षण गराएको थियो । भेंटमा अध्यक्ष डा.गुप्ताले उद्यमीहरुको प्रतिस्पर्धात्मक क्षमता समेत अभिवृद्धि हुने गरी उद्योगी, व्यापारी तथा आम नागरि कको सुरक्षा व्यवस्थाकालागि सरकारबाट बारा र पर्सा क्षेत्रमा प्रभावकारी शान्ति सुव्यवस्थाको लागि महानिरीक्षक खनालसमक्ष आग्रह गरेका थिए । उनले नेपाल–भारत सीमा सुरक्षा बैठकलाई नियमित गर्न सकिएमा समय–समयमा सीमा पारीबाट हुने अपराधिक क्रियाकलापहरु न्यून गर्न तथा सम्भाव्य अपराधका सूचना आदान–प्रदानमा धेरै सहयोग मिल्ने भएकोले यस्तो बैठकलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । अध्यक्ष डा. गुप्ताले मालसामान ढुवानी गर्दा स्थानीय प्रहरीहरुले जता ततै बाटोमै रो केर बील, बिजक चेकजाँच गर्ने, स–साना कुरालाई आधार बनाएर सवारी साधनका चालकसंग बील लिएर च्यात्ने र बील बिजक नै नभएको भनी भन्सार पठाउने जस्ता विषयहरु सुनिन आएको ले यसलाई नियन्त्रण र व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मुलुककै शान्ति सुरक्षाप्रति आफू गम्भीर रहेको बताउंदै तुलनात्मक रुपले वीर गञ्जमा आर्थिक गतिविधि बढि हुने भएकोले सोही अनुरुपको सुरक्षा व्यवस्था प्रदान गर्न आपूm अग्रसर रहेको उल्लेख गरे । उनले वीउवासंघले आफ्नो अगुवाइमा सारेको सिसिटिभी परियोजनाले अपराध अनुसन्धानमा सहयोगी सिद्ध भएकोले सिसिटिभी परियो जनाको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । भेंटघाटका क्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष हरि गौतम, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायतको सहभागिता रहेको थियो ।



