२०७८ फाल्गुन १४, शनिबार ०८:११

राजविराज । स्थानीय तहको निर्वाचन मिति तय भएसँगै सप्तरी जिल्लामा चुनाव र उम्मेदवारबारे चर्चा परिचर्चा हुन थालेको छ । स्थानीय तहको उम्मेदवार चयन गर्न दलहरु दिनहुँ जसो आन्तरिक छलफलमा गर्दै देखिएका छन् ।

नेता कार्यकर्ताहरु मात्र नभइ सर्वसाधारणहरु पनि छर–छिमेकदेखि सार्वजनिक थलो सम्म चुनावी छलफलमै व्यस्त देखिन थालेका छन् । कुन दलबाट को उठ्लान र को जित्लान भन्ने बारेको बहस तीव्र बनेको छ । १८ स्थानीय तह रहेको सप्तरीमा अहिले सर्वाधिक चर्चा राजविराज नगर पालिकाको सम्बन्धमा भइरहेको देखिएको छ । यहां कुन पार्टीबाट को उम्मेदवार हुने र को जित्ने भन्ने बारे ठूलै बहस र छलफल हुन थालेको हो । यहां नेपाली कांग्रेसबाट ध्रुब देव, मो. इर्साद अन्सारी, शम्भुलाल देव, अनिल यादव, प्रभातकुमार ललन, विन्देश्वर साह बिन्दीको नाम यति बेला नगर प्रमुख पदका लागि चर्चामा छ । कांग्रेसका केन्द्रीय सदस्य समेत रहे का वर्तमान जिल्ला सभापति दिनेश कुमार यादवले हाल उम्मेदवार बारे आन्तरिक छलफल भइरहेको र उल्लेखित नामावली मध्यबाटै एक जना उम्मेदवारको टुंगो लगाइने बताए । उनले कांग्रेस भित्र नगर प्रमुखको थुपै्र आकांक्षी भएको बताउँदै आन्तरिक छलफल पश्चात् नाम टुंगो लगाइएने बताए । यस्तै आसन्न निर्वाचनलाई मध्य नजर गर्दै जिल्लाका स्थानीय तहका पार्टी कमिटी उम्मेदवारको प्रारम्भिक नाम छनोटको गृह कार्यमा लागेको नेकपा एमाले सप्तरीले जनाएको छ । राजविराज नगरपालिकाको प्रमुख पदका लागि हाल नुरुल होदा अंसारी, प्रभाकर सिंह, सुखराम यादव र अखिलेश झाले प्रस्तुत गरेका छन् । एमाले जिल्ला कमिटीका पदाधिकारीले भने, छिटै नाम बारे टुंगो लगाइने छ । यस्तै जनता समाजवादी पार्टी (जसपा) बाट भीमराज यादव र वर्तमान नगर प्रमुख शम्भु प्रसाद यादवले सक्रियता बढाएका छन् ।

जनसम्पर्क अभियान तीव्र पारेका दुबै जनाले आफू नै पार्टीको आधिकारिक उम्मेदवार हुने दाबी गर्दै मत माग्न थालेको स्थानीय मतदाताहरुले बताए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट दिपेन्द्र चौधरी, साधना झा र सुनिल झाले नगर प्रमुख पदको दावेदारी प्रस्तुत गर्दै जनसम्पर्क अभियान तीव्र पारे का छन् । त्यसैगरी नेकपा माओवादी के न्द्रबाट महेश यादव, मो. गणि मियाँ र के दार देव मध्यबाट एक जनाको चयन गरिने पार्टीले जनाएको छ । नेकपा एकीकृत समाजवादीबाट नथुनी दास, प्रताप नारायण चौधरी र अरुण दे वले तथा सिके राउत नेतृत्वको जनमत पार्टीबाट इन्जिनियर अमर यादव तथा नारायण यादवले दाबी प्रस्तुत गरेको सो पार्टीले जनाएको हो । यता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस परित्याग गरी हालै प्रवेश गरेका उमेश प्रसाद साहले टिकट पाउने लगभग निश्चित रहेको पार्टी स्रोतको भनाई छ । एक भन्दा बढी नाम आएका दलहरुलाई भने नाम छान्न सकस् हुने भन्दै एक नेताले भने,‘सहमतिमा नाम चयन गर्ने प्रयास गरिन्छ, सम्भव नभए आएका नामहरुलाई अध्ययन गरी योग्यता र क्षमताको आधारमा प्रदेश र केन्द्रमा सिफारिस गरिनेछ । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने कार्य तालिका छ । १६ वटा वडा रहेको राजविराज नगर पालिकामा हाल कूल मतदाताको संख्या ४० हजार ३६ रहेको छ । मतदानका लागि नगर क्षेत्र भित्र कूल २७ वटा मतदाता केन्द्र कायम गरि एको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

please subscribe our official youtube channel and support us

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News