२०७८ फाल्गुन १४, शनिबार ०८:५६

राकेश यादव

मधेश प्रदेश सरकार र नेपाल सरकारको निस्कृयताको कारण ओझेलमा रहेका जग्गा अधिग्रहण प्रक्रियाको कारण गौर राइस मिलको जग्गा विक्री गर्ने चलखेल तिब्र भएको छ ।

सार्वजनिक रुपमा प्रयोग हुदै आएको गौर राइस मिल एण्ड फलोरको नाउमा दर्ता रहेको ५ विघा १९ कठ्ठा १५ धुर जग्गाको किर्ते घर बाटो प्रमाणितको कागजात तयार पारेका गौर नगरपालिका वडा नम्बर १ का वडा सचिव विनोद पासवानले रक्सि खाएको बेला झुक्याएर सिफारिस पत्र लेख्न खुलासा गरेका छन् ।

गएको आर्थिक वर्ष २०७७/०७८ मा २०७७ साल कार्तिक १७ गतेको गौर राइस मिलको जग्गाको घर बाटो प्रमाणितको किर्ते पत्र सार्वजनिक भएपछी फरार भएका वडा सचिव पासवानले संचारकर्मी सितको कुराकानीमा वडा नम्बर ३ का वडा सदस्य लाल महमदले घर बाटोको खेस्रा गरि दिन भन्दा म खाजा खाई रहेको छु तपाई आफ्नो सचिव सित गराउनु जवाव दिएको बताएका छन् । जवाव दिदा पनि खेस्रा गरिदिनु मेरो सचिव महिला हो केहि जान्दैन भनेको उल्लेख गरे ।

सचिव पासवानले भने लाल महमदले ५ जना विरगंजको मान्छे जादै छन् भेट्न खेस्रा गरि दिनु भन्दा खेस्रा गरेको छु । पहिला देखि लेटर पैड लिएर आएकोमा सोहि कागजातमा खेस्रा गरेको स्वीकार्य समेत गरेका पासवानले त्यसमा लागेको छाप र वडा अध्यक्ष श्याम सुन्दर पटेलको हस्ताक्षर मैले नगरेको दावी गरे ।

उनले यस अघि त्यहि वडाको सचिव भएर कम गरेको भएपनि अहिले १ नम्बर वडाको सचिवमा कार्यरत रहेको जिकिर गरे । वडा सदस्य लाल महमदलाइ विरगंजबाट आएका व्यक्तिको नाम थाहा होला भने म चिन्दैन ।

२००३ सालमा स्थापना भएको सो गौर राइस मिल एण्ड फलोरको सचिव भन्ने बैकुण्ठ पौडेलले अनुचित लाभ लिने उदेश्यले किर्ते सिफारिस गर्न लगाएको भन्दै वडा नम्बर ३ का वडा अध्यक्ष श्याम सुन्दर पटेलले पौडेल सहित अन्य अज्ञात व्यक्ति माथि कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दरखास्त समेत दिएका छन् ।

सरकारी कागज किर्ते गर्नेले कानुनी कार्यवाही गर्न दिएको जाहेरी दरखास्त दर्ता गर्न जिल्ला प्रहरी कार्यालय आनाकानी गरि रहेको बुझिएको छ । जाहेरी अहिले सम्म दर्ता नभएको बुझिएको छ ।

मधेश प्रदेश सरकारका अर्थ मन्त्रि विजय यादव रहेको बेला जिल्ला प्रसाशन कार्यालयका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित मुल्यांकन समितिले जग्गा अधिग्रहण गर्न १५ करोड रकम मुल्यांकन गरेको अनुसारको रकम प्रदेश सरकारले विनियोजन गरे पनि समयमा सो रकम नदिदा अधिग्रहण प्रक्रिया ओझेलमा परेको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले बताएका छन् ।

कानुन विपरित नक्कली सचिव भन्ने पौडेलले जग्गा विक्री गर्ने सड्यन्त्र गर्दै आएपनि नगर प्रमुख गुप्ताको अडानको कारण सो जग्गा अहिले सम्म जोगिएको भएपनि फेरि जग्गा विक्री गर्ने चलखेल शुरु भएको हो ।

फाल्गुन ७ गतेका दिन होटेलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा रौतहट जिल्ला क्रिकेट संघका पदाधिकारीहरुले खेलकुदको लागि ४ विघा अन्य ठाउमा जग्गा खरिद गरेर दिन राइस मिल एण्ड फलोरको सचिव तयार रहेकोले विक्री गर्ने बातावरण सृजना गरि दिन पत्रकार समक्ष राखेको प्रस्तावले नया तरंग सृजना गरेको छ ।

गौरको विच भागमा जग्गा रहेकोले कुनै आपद विपद , दैवी प्रकोपको बेला शरण लिने एक मात्र ठाउँ नै राइस मिलको जग्गा रहेकोले सार्वजनिक गर्नु पर्ने माग नगरबासीको रहेको छ ।

सवैको लागि आधार भुत आवस्यकताको रुपमा रहेको सो जग्गा विक्री गर्ने खेलमा गौरका केहि राजनीतिक व्यक्तित्वको सहभागित रहेको बुझिएको छ ।

Comment


Related News

Latest News

Trending News