२०७८ फाल्गुन १४, शनिबार १३:१५
बारा स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठुलो परिमाणमा लागु औषध चरेस बरामद गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिल बहादुर थापाको कमाण्डमा खटिएको गस्ती टोलीले पचरौता नगरपालिका ६ जमुनी नदी छेउबाट १० किलो लागु औषध चरेस बरामद गरेको हो ।
शनिवार बिहान साढे ९ बजे एक जना अपरिचित तस्करले मोटरसाइकल माथि २ वटा ग्यालनमा राखेर उक्त परिणाम बराबरको चरेस भारततर्फ लगिरहेका थिए । गस्ती टोलीलाई देख्न साथ उक्त तस्कर दुवै ग्यालेन त्यहीँ फालेर नेपालबाट भारततर्फ भागेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख छिनमस्ता बाहिनिपती डिआईजी गणेश ठाडा मगरले रातोपाटीलाई जानकारी दिए ।
उक्त चरेसलाई आवश्यक कारबाहीको लागी नेपाल प्रहरी लाई बुझाउने प्रक्रिया भईरहेको सशस्त्र प्रहरी छिनमस्ता बाहिनीले जनाएको छ ।



