२०७८ फाल्गुन १४, शनिबार १५:४७

महोत्तरीको मटिहानी नगरपालिका २ धिरापुरस्थित नगरपालिकाको कार्यालय र स्वास्थ्य चौकी नजिकै फेला परेको बम डिस्पोज गरिएको छ ।

नेपाली सेनाको रणभिम गणको टोलीले बम डिस्पोज गरेको महोत्तरी प्रहरीले जनाएको छ । प्रहरीले नेपाली सेनालाई बोलाएपछि बम नै रहेको पुष्टि भएको छ ।

सेनाको टोलीले उक्त बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उक्त बस्तु कसले राखेको कुरा खुल्न नसेको र अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News