अपडेट 
२०७८ फाल्गुन १४, शनिबार १६:२०

नेपालमा थप १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार २ सय ३९ पिसिआर परिक्षणका क्रममा १०१ जना र २ हजार ९ सय १३ एन्टीजेन परिक्षणका क्रममा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३४ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै थप ५ सय ४० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५५ हजार ९ सय ९८ जना निको भएका छन् । हाल नेपालमा ८ हजार ८ सय ३९ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News