जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेशको समृद्धिको मूल आधार कृषि,उद्योग र पर्यटन रहेको बताएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–१८ प्रको महुवामा शनिबार आयोजित कार्यकर्ता भेलामा उनले भने,‘ प्रदेश सरकारले कृषि,उद्योग र पर्यटनमै केन्द्रित भइ विभिन्न कार्यक्रमहरु अघि बढाएको छ। आगामी एक साता भित्रै किसानहरुले खुशीको खबर समेत पाउनेछन् ,सरकारले विशेष योजना ल्याउन लागेको छ।’ उनले बीउ बिजन,सिँचाइ लगायतको अभाव खेपिरहेका किसानहरुले पैसा खर्च गरेर पनि मलखाद नपाउनुमा संघ सरकार दोषी रहेको आरोप लगाए । उत्पादित वस्तुले उचित दाम नपाउने अवस्था समेत रहेकोले सोको समाधानको लागि प्रदेश सरकारले विशेष योजना ल्याउन लागेको जानकारी दिए ।
स्थानीय तहका निर्वाचनको लागि सक्रिय हुन कार्यकर्ताहरुलाई आग्रह गर्दै उनले भने,‘पार्टी भित्र विवाद देखिएको भए पनि राष्ट्रिय राजनीतिका सबाल र पार्टी संचालन पद्धतिका बारेमा खासै अन्तर्विरोध छैन।’ जसपा नेपाल को संगठन सुदृढिकरण र विस्तार अभियान अन्तर्गत आयोजित सो भेलामा सहभागी वक्ताहरुले मधेशी दलित,जनजाति मुस्लिम, महिला र पिछडावर्गको अधिकारका लागि संघर्ष गर्ने एक मात्र पार्टी जसपा नेपाल रहेकोमा जोड दिएका थिए ।
https://www.youtube.com/watch?v=VzR7rinzOeY

