कलैया । ५ बुंदे सहमति कार्यन्वयन गर्न माग गर्दै हिन्दु परिषद नेपाल तथा हिन्दु समाज बाराले कलैयामा प्रर्दशन गरेको छ ।
कलैया उपमहानगरपालिका–२५ ईनरवारीमा कार्तिक २४ गते दुई समुदाय बीच भएको झगडामा मृत्यू भएका राधेश्याम पटेलको क्षतिपूर्ति र उपचारखर्च लगायतको पाँच सुत्रिय सहमति यथाशीघ्र कार्यान्वयन गर्न का लागि परिषदका अध्यक्ष गोपाल दासको नेतृत्वमा शनिबार जुलुश प्रर्दशन गरिएको हो । दुई दिन अघि जिल्ला प्रशासन कार्यालय अगाडि दुई घण्टा धर्ना प्रदर्शन पनि गरिएको थियो । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले बील भरपाइ अनुसारको सम्पूर्ण खर्च र कानून बामोजिम मृतकका परिवारले पाउनुपर्ने १० लाख नगद क्षतिपूर्ति , धार्मिक शहीद घोषणा, परिवारका १ जना सदस्यलाई जिल्ला भित्र योग्यता अनुसारको रोजगारी दिलाउन, फरार रहेकाहरुलाई अविलम्ब पक्राउ गरी कानूनी दायरामा ल्याउने लगायतको सहमति भएको महिनौ दिन बितिसक्दा पनि सो सहमति कार्यान्वयन हुन सकेको छैन । पटेलको ५७ दिनपछि वीरगञ्जका एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा पुस २१ गते बेलुका करिब ६ बजे मृत्यू भएको थियो ।

