२०७८ फाल्गुन १५, आईतवार १५:०४

‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि काँग्रेस नेता रामचन्द्र पौडेलले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना पारित गर्ने गठबन्धनमा सहमति भएको बताउनुभयो ।

सहमति जुटेसँगै संसदबाट एमसीसी आजै पारित गर्ने तयारी भएको छ । एमसीसी पारित गर्न अमेरिकाले दिएको समयसीमा भोलि सकिदैछ ।

Comment


Related News

Latest News

Trending News