अपडेट 
२०७८ फाल्गुन १५, आईतवार १५:०६

नाबालिग बलात्कार आरोपी अभिनेता पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

चार दिनअघि बलात्कार आरोपमा तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि उनी प्रहरीको फरार सूचीमा थिए ।

यसैबीच, जाहेरी परेकै प्रहरी कार्यालयमा आइतबार उनले आत्मसमर्पण गरेका हुन् ।  तनहुँ प्रहरी प्रवक्ता डीएसपी युवराज खड्काले आरोपी शाह प्रहरी नियन्त्रणमा रहेको पुष्टि गर्नुभयो । आरोपी शाह सम्पर्कमा आएसँगै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढेको उहाँले जानकारी दिनुभयो । थप विवरण आइतवार नै सार्वजनिक गरिने खड्काले बताउनुभयो ।

प्रत्यक्षदर्शीका अनुसार उनी आफैँ प्रहरी कार्यालय छिरेका थिए । उनले आफूमाथि लागेको आरोपलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News