अपडेट 
२०७८ फाल्गुन १५, आईतवार १५:०९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत नलिई सञ्चालन गरिरहेका स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ ।

कतिपय स्वास्थ्य संस्थाहरुले इजाजत नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको तथा त्यस्ता संस्थाहरुबाट स्वास्थ्य सेवा उपलब्ध गराएको भनी विभिन्न सञ्चार माध्यमहरुमा समाचार आएको सम्बन्धमा समेत ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

‘जनस्वास्थ्य नियमावली २०७७ को नियम १२ अनुसार कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसरकारी, सहकारी तथा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन इजाजतपत्र तथा नवीकरण सोही नियमावलीको परिच्छेद-४ तथा अनुसूची–९ बमोजिमका निकायहरुमा सम्पर्क गर्नुहुन साथै यस सम्बन्धमा अन्यथा भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही भई जाने व्यहोरा समेत यसै पत्रमार्फत जानकारी गराइन्छ,’ पत्रमा लेखिएको छ ।

Comment


Related News

Latest News

Trending News