२०७८ फाल्गुन १६, सोमबार ०९:००

राजविराज । स्थानीय तहको निर्वाचन मिति तय भएसंगै निर्वाचन कार्यालयले आफ्नो गतिविधि तीव्र पारेको छ ।

जिल्ला निर्वाचन कार्यालयले आइतबार आयोजना गरेको मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) सम्बन्धी अन्र्तरक्रिया कार्यक्रममा कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार फागुन १९ गते निर्वाचन कार्यक्रमको सूचना तथा मतदाता नामावली प्रकाशन गरिने भएको छ । यस्तै फागुन २० गते मतदाता नामावलीमा दोहरो नामावली भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका, बसाई सराई गरेका लगायतका विषयमा त्रूटि सच्याउन वा दाबी विरोध गर्ने समय तोकिएको छ । फागुन २४ गते प्राप्त उजुरी र निवेदनको छानवीन गरी कानून बमोजिम प्रक्रिया पूरा नगरेका मतदाताको नाम सुचीबाट हटाउने र फागुन २५ गते त्रुटि सच्याएर मतदाता नामावली प्रकाशन गर्ने तथा फागुन २६ गते दोहरो नाम परेका सम्बन्धमा प्राप्त निवेदनको छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधिक भएको डाटा संगै निर्वाचन आयोगमा पठाउने कार्यतालिका जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले बैशाख २९ सम्म मतदान गर्ने उमेर पुगेकालाई समावेश गरिने बताए । “माघ २४ सम्म चलेको मतदाता नामावली संकलन अभियान अन्तर्गत नाम लेखाएर बैशाख २ ९ सम्म १८ वर्ष पूरा गरेका सबैले मतदान गर्न पाउनेछन्’ उनले भने ।” मतदान संकलन अभियानका क्रममा थपिएका ६० हजार ७ सय ९ मतदाता सहित जिल्लामा २ लाख २१ हजार १ सय पुरुष, २ लाख ३ हजार ५ सय ६२ महिला र २२ तेस्रो लिंगी गरी कुल मतदाताको संख्या ४ लाख २४ हजार ७ सय ९ पुगेको कार्यक्रममा उनले जानकारी दिए । कार्यक्रममा निर्वाचन कार्यालयले सरोकारवालासंग चुनावी आचार सहिंता र चुनावी गतिविधिलाई निष्पक्ष र मर्यादित बनाउनेबारे आवश्यक सुझाव समेत लिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकार जनार्दन गौतम, प्रहरी उपरीक्षक अभिनारायण काफ्ले राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी, अधिकारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतले पनि आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र मर्यादित बनाउन गरिनु पर्ने कामहरुबारे आ–आफ्नो सुझाव राखेका थिए ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News