२०७८ फाल्गुन १६, सोमबार ०९:०५

काठमाण्डु ।जनता समाजवादी पार्टी(जसपा)को तर्फबाट स्थानीय तहको निर्वाचनमा वरिष्ठ नेता अशोक राईले हस्ताक्षर गर्ने भएका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईबीच आइतवार टिकटमा हस्ताक्षर गर्ने विषयमा सहमति भएको हो । नेताहरुबीच सहमति भएपछि हस्ताक्षर गर्ने अधिकार राईलाई रहेको पत्र समेत स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा जसपा दर्ता भएको छ । अध्यक्ष यादवले एकल हस्ताक्षरको पक्षमा रहेका थिए ।तर भट्टराईले दुई जनाको हस्ताक्षर हुनुपर्ने अडान लिएका थिए । टिकटमा हस्ताक्षर गर्ने र एमसीसी पास गर्ने विषयमा सहमति जुटेसँगै जसपा विभाजनको खतरा समाप्त भएको छ ।कार्यकारिणी समितिको बैठक सोमवार बस्ने बताइएको छ ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY&t=2s

Comment


Related News

Latest News

Trending News