मलंगवा । सर्लाहीको मलंगवा नगरपालिका–२ पब्लिक स्कुलमा महावीर झण्डा मेलाको आयोजना हुने भएको छ ।
धर्म, कला संस्कृतिको जगेर्ना, मनोरञ्जन तथा आन्तरिक व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले फाल्गुन १७ गतेदेखि मेलाको आयोजना हुन लागेको हो । मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक मेला समितिका अध्यक्ष भोला साह सोनारले जानकारी दिएका छन् । विगत लामो समयको अन्तराल पछि आयोजना हुन गइरहेको यो मेला फागुन १७ गतेदेखि फागुन २५ गतेसम्म चल्ने अध्यक्ष साहले बताए । यस मेला महोत्सवमा बाघवाला रथमा सवार राम,सीता र लक्ष्मणको मुर्तीसहितको बजरंगबलीको प्रतीक कलात्मक १५ खण्डको झण्डा दर्शनका लागि स्थापना गरिएको छ । त्यसैगरी मेलामा स्थानीय स्तरमा उत्पादन भएका कृषि तथा भौत्तिक सामग्रीको बिक्री तथा प्रदर्शनको साथै सांस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर, मनोरञ्जनका लागि विभिन्न खेल तमासा,सर्कसको व्यवस्था गरिएको जनाइएको छ । मेला हेर्न आउने दर्शनार्थीहरुको सुरक्षालाई ध्यानमा राखेर स्थानीय प्रशासनको तर्फबाट चौबीसै घण्टा सुरक्षाकर्मी र ठुलो संख्यामा मेला समितिका स्वयंसेवकहरु परिचालन गरिने मेला समितिले जनाएको छ।
https://www.youtube.com/watch?v=VzR7rinzOeY

