२०७८ फाल्गुन १६, सोमबार ०९:१४

मलंगवा । मलंगवाका युवा उद्योगि व्यवसायी संजय गुप्ता दम्पतीले गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेशनरी सामाग्री वितरण गरेका छन् ।

आइतबार परेको आफ्नो विवाहको १९ औं वार्षिकोत्सवको अवसरमा गुप्ता दम्पत्तीले मलंगवा नगरपालिका –४मा रहेको वि–केयर वि– क्यान निःशुल्क कोचिंङ सेन्टरमा अध्ययनरत् कक्षा ५ र ६ का ४० जना विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेशनरी सामाग्री वितरण गरेका हुन् । प्राथमिक विद्यालय मलंगवा–४ मा आइतबार वि–केयर वि–क्यान निशुल्क कोचिङ्ग सेन्टरले आयोजना गरेको एक कार्यक्रमबीच गुप्ता दम्पतीले सो सामाग्रीहरु वितरण गरेका हुन् । सामाग्री वितरण गर्दै गुप्ताले पार्टी गरेर विवाहको वार्षिकोत्सव मनाएर ठूलो रकम खर्च गरी आफ्नो विलासिता देखाउनु भन्दा कुनै सामाजिक कार्यमा खर्च गर्दा आत्मसन्तुष्टि मिल्ने भएकोले आपूmहरुले गरिब विपन्न परिवारका बालबालिकाहरुलाई एउटा सानो सहयोगको रुपमा स्कुल ब्याग सहित स्टेशनरी सामाग्री वितरण गरेको बताए । यसअघि पनि गरिब समुदायलाई विभिन्न समयमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसैगरी सहयोग गर्दै जाने उनले प्रतिवद्धता समेत व्यक्त गरे । सामाग्री पाएपछि बालबालिकाहरु गुप्ता दम्पती र उनकाका छोरालाई मिठाइ खुवाएर विवाहको वार्षिकोत्सवको शुभकामना दिँदै सहयोगको लागि धन्यवाद दिएका थिए । स ा े अवसरमा प्रावि मलंगवा–४का प्रअ राम आश्रय यादव, शिक्षक, शिक्षिका,विद्यार्थी,आयोजक संस्थाका सदस्य लगायतको सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको रहेको थियो ।

Comment


Related News

Latest News

Trending News