अपडेट 
२०७८ फाल्गुन १६, सोमबार ०९:१६

महेन्द्रनगर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका कुम्हरौलका रहेको श्री माँ जानकी जनता प्रा.वि.का विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ ।

आइतबार आयोजित एक समारोहबीच व्यवस्थापन समितिका अध्यक्ष अशोक साह, सदस्य जगदिस साह, अविभावक पशुपति देवी साह र विद्यालयका प्रधानाध्यापक विमला अधिकारी सहितको उपस्थितिमा ९० जना विद्यार्थीलाई स्कुल पोशाक वितरण गरिएको छ भने बाँकी नियमित हाजिरी हुने तर आज कुनै कारणवस उपस्थित हुन नसकेका विद्यार्थीहरुलाई अर्को दिन पोशाक वितरण गरिने प्रधानाध्यापक अधिकारीले जानकारी दिए । कोरोना महामारीमा विद्यालय बन्द हुँदा बालबालिकाहरु बढी प्रभावित भएकोले उनीहरुलाई प्रोत्साहन गर्न र मनोबल बढाउनका लागि पोशाक वितरण गरिएको व्यवस्थापन समितिका अध्यक्ष अशोक साहले बताए । साहका अनुसार पारदर्शी ढंगले कसैलाई पनि काखापाखा नगरिकन पोशाक वितरण गरिएको बताए । साथै उपस्थित अविभावकहरुलाई आ–आफना बालवालिकालाई नियमित स्कुल पठाउन आग्रह गर्दै कम्तीमा विद्यालयको मुलद्वारसम्म आफ्नो बालवालिकालाई पु¥याई दिनु पर्ने र त्यस पछिको जिम्मेवारी विद्यालयको रहने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News