२०७८ फाल्गुन १७, मंगलवार ०७:४३

जनकपुरधाम । धनुषाको गणेशामान चारनाथ नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ ।

५ करोडको लागतमा निर्माण गरेको प्रशासनिक भवनको सोमबार आयोजित एक समारोहबीच नपाका मेयर रामबाबु यादवले उद्घाटन गरेका छन् । दुई वर्ष अघि गणेमान चारनाथ नगरपालिका–२ का एकै परिवारका जलिल शाह मलंग,खातुन मलंग,मोहम्मद मन्जुर शाह, मोहम्मद सन्जुर शाह,मोहम्मद संजुरुल शाह मलंग, मोहम्मद संजुत शाह मलंग र मोहम्मद जमिर शाहले संयुक्त रुपमा करोडौ मूल्य बराबरको करिव १ विघा जग्गा नपाको कार्यालय स्थापनाको लागि दान दिएका थिए । भवन उद्घाटन कार्यक्रममा मेयर यादवले जग्गा दाता परिवारलाई प्रशंसा र धन्यवाद ज्ञापन गरेका थिए । जग्गा दाताहरुकै परिवारका कारण सीमित स्रोत साधनका वावजुद नगरपालिकाले आफ्नो प्रशासनिक भवनमा पाएको छ, मेयर यादवले भने,‘ करोडौको सम्पति दान गरेर उहाँहरुले नगरवासीको सपनालाई पूरा गर्न सहयोग भएकोमा नगरपालिकाले यो गुण कहिले बिर्सिेने छैनन् ।’ मेयर यादवले दाता परिवारहरुको फोटो प्रशासनिक भवनमा राख्ने समेत बताए । नगरपालिकाको आफ्नो भवन नहुँदा भाडाको घरमा कार्य सञ्चालन गर्दै आएकोमा अब आफ्नै प्रशासनिक भवन निर्माण भएपछि नगरपालिकाको आर्थिक भार कम हुने मेयर यादवले बताए ।

यसैबीच, गाणेशमान चारनाथ नगरपालिकाको ७ आँै नगरसभा सोमबार सम्पन्न भएको छ । ‘आऔ जुटौ एकै साथ, बनाऔ समृद्ध र सबल, गाणेमान चारनाथ’ सहित सम्पन्न नगरसभाले नगरको चौतर्फी विकासमा जोड दिएको छ ।

Comment


Related News

Latest News

Trending News