२०७८ फाल्गुन १७, मंगलवार ०७:४५

राजविराज । सप्तरी जिल्ला कांग्रेसको नेतृत्वका लागि उम्मेदवारहरु प्रचार प्रसारमा जुटेका छन् ।

आ–आफ्नो पक्षमा मत पार्न संस्थापन पक्षका शत्रुधन प्रसाद यादव र इतर पक्षका उम्मेदवार रामदेव साहले प्रचार प्रसारलाई तीव्रता दिएका छन् । शत्रुधन देउवा पक्ष र रामदेव डा.शेखर कोईराला पक्षबाट सभापतिका उम्मेदवार भइ चुनावी मैदानमा उत्रेका छन् । दुबै पक्ष समूह सहित चुनावी मैदानमा उत्रेका हुन् । शत्रुघनलाई वर्तमान सभापति समेत रहेका केन्द्रीय सदस्य दिनेश कुमार यादवको समर्थन छ भने रामदेवलाई संघीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको छ । दुबै केन्द्रीय नेताले पार्टी संगठन सुदृढ बनाउन र पार्टी भित्र लोकतन्त्र मजबुत गर्न आ– आफ्ना पक्षका उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिँदै आएका छन् । सभापति पदका उम्मेदवार शत्रुघन र रामदेव पनि टिम बनाई घरदैलो,कोठे बैठक र व्यक्तिगत रुपमा भोट माग्ने कार्यलाई तीव्र पारेका हुन् । रामदेव अघिल्लो निर्वाचनमा वर्तमान सभापति दिनेश कुमार यादवसंग १ सय ४ मतले पराजित भएका थिए ।

शत्रुघन भने सचिव पदमा निर्वाचित भएका थिए । सभापतिका दुबै उम्मेदवारले प्यानल सहित जित्ने दाबी गरेका छन् । कांग्रेसको १४ औ.महाधिवेशन अन्तर्गत जिल्लामा वडा, गाउँ, नगर, प्रदेश र केन्द्रका प्रतिनिधिकालागि भएको निर्वाचनमा देउवा पक्षको वर्चस्व भएकाले एक थरीले संस्थापन पक्षकै उम्मेदवार शत्रुघनले बाजी मार्ने अनुमान गरिरहँदा इतर पक्षका समर्थकहरुले भने स्थिति फेरिएको भन्दै रामदेवले नै जित हात पार्ने दाबी गरिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News