२०७८ फाल्गुन १७, मंगलवार ०७:५१

काठमाण्डु ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) मा फेरि विवाद चर्किएको छ ।स्थानीय तहको चुनावका लागी निर्वाचन आयोगमा पार्टी दर्ता गर्न कार्यकारिणी समिति बैठक बिना नै अध्यक्ष महन्थ ठाकुरले एकल निर्णय गरेको आरोप लागेको छ ।

कार्यकारिणी समितिका एकजना सदस्यले भने, निर्वाचन आयोगमा दर्ताका लागि कार्यकारिणी समितिको निर्णय अनिवार्य रहे पनि अध्यक्ष ठाकुरले पार्टी गठनको बेला भएको बैठकको हस्ताक्षर प्रयोग गरेका छन् । जसपामा विवाद चर्किएको बेला पनि ठाकुरले किर्ते हस्ताक्षर प्रयोग गरी निर्वाचन आयोगमा आधिकारिकताको दावी गरेका थिए । कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्णले पार्टी दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गरिएको दावी गरेका छन् ।

https://www.youtube.com/watch?v=KFeu-Xb4TaI

Comment


Related News

Latest News

Trending News