अपडेट 
२०७८ फाल्गुन १७, मंगलवार ०७:५९

महेन्द्रनगर । महाशिवरात्रिको पूर्व सन्ध्यामा धनुषा क्षीरेश्वरनाथ नगरपालिका– ७ मा रहेको प्राचीन क्षीरेश्वरनाथ महादेव मन्दिर परिसरमा वृहत सर–सफाई गरिएको छ ।

क्षीरेश्वरनाथ धर्म संस्थाको आयोजनामा गरिएको अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय अभियानी, स्थानीय विभिन्न विद्यालयका विद्यार्थीहरु तथा मन्दिर व्यवस्थापन समितिका सदस्य लगायत एक सय भन्दा बढी व्यक्तिको सहभागितामा सरसफाई गरिएको हो । अभियान अन्तर्गत मन्दिर परिसर, मन्दिर बाहिरको बाटोको चारै तिर सरसफाई गरिएको छ । ो अवसरमा क्षीरेश्वरनाथ नगरपालिका–७ का वडाअध्यक्ष राम किसुन यादवले महाशिवरात्रि जस्तो महान पर्वमा संयुक्तरुपमा गरिएको सरसफाई अभियान सरहानीय काम भएको टिप्पणी गरे । उनले पर्वको अवसरमा मात्र नभइ मन्दिरलाई सधँै सफा र स्वच्छ राख्नु पर्ने बताए । सो अवसरमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी अधिकारीले महाशिवरात्रिमा मन्दिर परिसरमा सरसफाइ अभियान चलाएर राम्रो काम गरिएको बताए ।

पूर्वघोषित कार्यक्रम अनुसार १६ गते बिहान ८ बजे सरसफाई गरिएको छ भने १७ गते विहान ७ बजे देखि अष्ठजाम, विहान ८ बजे देखि रुद्धी पाठ र फागुन १६ गते देखि फाल्गुन १८ गते १२ बजे सम्म साधु भोज र साधु विदाईको कार्यक्रम राखिएको व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले जानकारी दिए । कार्यक्रममा क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव, उपाध्यक्ष विनय साह, महासचिव दिपक साह, सदस्य राज किशोर, पूर्व अध्यक्ष रामजी सिंह, इलाका प्रहरी कार्यलय महेन्द्रनगरका प्रहरी निरीक्षक वेचन यादवका टिम, समाजसेवी श्रीनारायण महासेठ, व्यवस्थापन समितिका सक्रिय सदस्य शम्भु घिमिरे, दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमी र गंगोत्री बोर्डिंग स्कुलका विद्यार्थी, स्थानीय क्लबका सदस्यहरु र क्षिरेश्वरनाथ नगरपालिकाका कुचीकार सहित गाडीको सहयोगमा सरसफाई गरिएको व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले जनकारी दिए ।

Comment


Related News

Latest News

Trending News