अपडेट 
२०७८ फाल्गुन १७, मंगलवार १७:५२

नेपालमा थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार ४ सय ५८ पिसिआर परिक्षणका क्रममा ९२ जना र २ हजार ४६ एन्टीजेन परिक्षणका क्रममा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३८ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ३ सय ५४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५७ हजार १सय ६७ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ९ सय ७१ सक्रिय संक्रमित आइशोलेशन र १ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News