२०७८ फाल्गुन १८, बुधबार ०७:०६

महोत्तरी । भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित एतिहासिक सिद्घनाथ महादेव मन्दिरमा भन्टाको भार चढाउनेको भीड लागेको छ । अन्य समय पनि चढाउँछन् तर महाशिवरात्रिका बेला भने मन्दिरमा क्विन्टलका क्विन्टल भन्टा चढाइने गरिएको हो । चर्मरोग रोग निको भएपछि भाकलअनुसार मन्दिरमा भान्टा चढाउने परम्परा छ । त्यसैले महाशिवरात्रि पर्व गरिबका लागि आय मंगलवार्रन गर्ने अवसर पनि भएको छ ।

पर्वमा बेलपत्र, धतुराको पूmल र फल तथा भन्टाको भार (बाँसको मोटो कप्टेरोमा दुईतिर एक÷एकवटा भन्टा उनेर बनाइएको शिवजीलाई चढाइने भाकल सामग्री) बेचेर नै गरिबले राम्रो आम्दानी गर्ने गरेका हुन् । बेलपत्र, धतुराको पूmल र फल आफैंले बिनामूल्य सङ्कलन गरेर ल्याइने भए पनि भार बनाउने भन्टाका लागि भने केही मूल्य दिनुपर्ने यी साना पूजा सामग्री पसलेको भनाइ छ । पर्वविशेषमा भन्टाको भार भाकल गरेका श्रद्धालुले मागेजति मूल्य दिएपछि शिवालय परिसर पुगेका किसानले राम्रो आम्दानी गरेका छन् । जिल्लाको भङ् गाहा नगरपालिका–५ सिद्धपुरस्थित श्री सिद्घनाथ महादेव मन्दिर परिसरमा पर्वको अवसरमा भन्टाको भार बेचेर आपूmहरूले मंगलवार मध्यान्हभित्रै रु २० हजारभन्दा बढी आम्दानी गरेको भङ्गाहा–४ पलार बस्तीकी पल्टी सर्दार बाँतरले बताउनुभयो । भारमा दुईवटा भन्टा र एउटा बाँसको कप्टेरो भएपुग्ने र पर्वको महत्वले राम्रो मूल्यमा बिक्री भएपछि महाशिवरात्रि पर्वमा राम्रो रकम सञ्चय गर्न सकिएको उहाँको भनाइ छ । भन्टा उत्पादन गर्ने किसानले पनि अहिले पर्वका अवसरमा बजार पाएका छन् । भाकल सामग्रीमा श्रद्धालुले खास मोलमोलाई नगरेपछि यसको बिक्रीबाट राम्रो आम्दानी हुने गरेको हो ।

सिद्घनाथ महादेव मन्दिर परिसरमा पछिल्ला १० वर्षयता आपूmले लगातार भन्टाको भार बेच्दै आएको बताउने भङ्गाहा–४ का किसान सत्यनारायण यादवले यो पर्व आफ् ना लागि राम्रो आम्दानीको जोहो गर्ने अवसर हुँदै आएको छ भन्नुभयो । सिद्धनाथ महादेव मन्दिरमा महाशिवरात्रिका दिन चर्मरोगीले रोग निको होस्भन्दै बितेको वर्ष भन्टाको भार चढाउने भाकल गर्ने गर्छन् । यसैले वर्सेनि पर्वमा भन्टाको भारको निकै बिक्री हुने भएकाले यो अवसर आफ्ना लागि राम्रो मंगलवार्रन गर्ने अवसर रहँदै आएको भन्टा उत्पादक किसान र भार बनाउने साना व्यापारी बताउँछन् । जिउ चिलाउने, खटिरा आउने, दाद र लुतोसहितका स्वास्थ्य समस्या भएकाले भन्टा खान नहुने आम बुझाइ र स्वास्थ्यकर्मीले पनि सुझाउने गरेका छन् । पर्वका दिन यसलाई त्याग्ने सङ् कल्प गरेर रोग निकोहोस् भन्ने भाकल गरेपछि आफ्नो जिउ चिलाउने समस्या हराएको सो मन्दिरमा भाकल चढाउन आउनु भएकी जिल्लाकै मनराशिस्वा नगरपालिकाको जाउख बस्तीकी चन्द्रकला देवीले बताउनुभयो । पर्वको अवसरमा लाग्ने मेलामा भारबाहेक आफ्ना अन्य कृषि उपज प्रदर्शनी गर्नसमेत राम्रो अवसर पाइएको किसान बताउँछन् । मेलामा खासगरि मौसमी, बेमौसमी तरकारी बाली उत्पादनका नमूना प्रदर्शनी भएकाले आफ्ना उत्पादनबारे आम चासो बढेको भङ्गाहा–४ कै अर्का किसान रामबहादुर ठाकुरको भनाइ छ । यस्तै महाशिवरात्रि पर्वको अवसरमा बेलपत्र, धतुरोको पूmल र फल बेचेर गरिब परिवारका किशोरकिशोरीले राम्रो आम्दानी गरेका छन् ।

भगवान शिवको प्रिय वस्तु मानिने बेलपत्र, धतुराको पूmल र फल शिवालयमा बेचेर यसपालीको महाशिवरात्रि पर्वमा रु १५ हजार कमाइएको जलेश्वरनाथ मन्दिर अगाडि भेटिएकी छिमेकको बस्ती अनकारकी १५ वर्षीया किशोरी अनारवती रायले बताउनुभयो । पर्वका अवसरमा जिल्लाका टुटेश्वरनाथ, जलेश्वरनाथ, मङ् गलनाथ, सिद्धनाथ, कामेश्वरनाथसहितका शिव मन्दिर परिसरमा बेलपत्र, धतुराको पूmल र फल बेच्न बस्ने बढीजसो किशोर उमेरका देखिएका छन् । बेलपत्र, धतुराको पूmल र फलमा पूँजी नलाग्ने र बेचेजति सबै मुनाफा भएकाले पछिल्ला तीन वर्षयता आफ्नो निजी खर्चको जोहो यसैबाट गर्ने गरेको जलेश्वरनाथ मन्दिर परिसरमा भेटिएकी १७ वर्षीया किशोरी पवनकली सादाको भनाइ छ । जिल्लामा खासगरी गरिब समुदायबीच महाशिवरात्री पर्व आफ् नो पूँजी नलगाएरै केही मंगलवार्रन गर्न भण्टा भार, बेलपत्र, धतुराको फल र पूmल बेच्ने काम खास महत्वको हुने गरेको छ । भन्टाको भार बनाउन कप्टेरा र भन्टामा थोरै पूँजी लागेपनि बेलपत्र, धतुराको पूmल र फल त्यसै खोजेर सङ्कलन गर्न सकिने भएकाले गरिबलाई महाशिवरात्रि पर्व खर्च जोहो गर्न सहयोगी हुने गरेको यो पेसा अँगालेकाको भनाइ छ ।रासस

Comment


Related News

Latest News

Trending News