२०७८ फाल्गुन १८, बुधबार ०७:१२

लोपोन्मुख जातिको रुपमा सूचीकृत तराईमा बसोवास गर्ने धागड जातिको धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्न वीरगञ्जमा धागड समुदायको संस्कृति प्रबद्र्धन अभियान शुरु भएको छ ।

हाम्रो संस्कृति हाम्रो अभियान, धागड समुदायको संस्कृति प्रबद्र्धनमा युवाको अभियान कार्यक्रम अन्र्तगत मंगलवार वीरगंज महानगरपालिका– ३१ सोलखपुरमा धागड समुदायको भेषभुषा, संस्कृति र परम्पराको झाँकी, नृत्य प्रस्तुत गरिएको थियो । वीगरञ्ज महानगरपालिका, एशियन फर पिस रिसर्च एण्ड डेभलम्पमेन्ट, शान्ति मेलमिलाप केन्द्रद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले उद्घाटन गर्दै लोपोन्मुख जातिको धर्म, संस्कृतिलाई संरक्षण गर्दै विश्व माझ आफ्नो मौलिक प्रस्तुति देखाउन सके पर्यटनलाई आकर्षित गर्दै आय आर्जन समेत गर्न सकिने कुरामा जोड दिए ।

कार्यक्रममा वक्ताहरुले लोपोन्मुख धागड समुदायको संस्कृति, परम्पराको संरक्षण गर्दै नेतृत्व तथा क्षमता विकासका लागि आर्थिक, सामाजिक र राजनीतिक सशक्तिकरणको आवश्यकता रहेको बताए । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहेका सञ्चारकर्मी ध्रुव अधिकारीले लोपोन्मुख जनजातिको रुपमा रहेका धागड समुदायको भेषभुषा, रितिरिवाज, धर्म संस्कृतिको प्रचार प्रसारमा संचारकर्मीहरुको भूमिका समेत महत्वपूर्ण रहेको बताए ।

Comment


Related News

Latest News

Trending News