धनुषाको विदेह नगरपालिका दिदी–बहिनी अदातलले गरेको फैसला कार्यान्वयन नहुँदा वर्षोदेखि बेगघर भएकी छिन् ।
विदेह नगरपालिका–७ बस्ने किशोरी देवी सुडि र उनकी बहिनी पार्वती देवी सुडिले अंश मुद्दामा जिल्ला अदालत हुँदै सर्वोच्च र पुनः जिल्लाबाट दुवै दिदीबहिनीको पक्षमा फैसला भईसक्दा पनि उनी अंश पाउन सकेकी छैनन् । २०४९ सालमै जिल्ला अदालतमा किशोरी देवी र पार्वतीले साढे ४ कठ्ठा जग्गा र त्यसमा भएको घरमा अंशका लागि आफ्ना काकाका छोरा वैद्यनाथ महतो विरुद्ध मुद्दा दर्ता गराएकी थिइन् । जिल्ला अदालतले सो मुद्दामा २०४९ साल चैत २४ गते दिदीबहिनको हकमा फैसला गरेको थियो । तर महतोले उक्त पैmसला विरुद्ध तत्कालीन पुनरावेदन अदालत अहिलेको उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेका थिए । तर, उच्च अदालतले पनि उक्त मुद्दामा जिल्ला अदालतकै फैसलालाई सदर गरेपछि महतो सर्वोच्च अदालत पुगेका थिए ।
र सर्वोच्चले २०५२ साल माघ ७ गते उक्त मुद्दामा जिल्ला र उच्च आदालतले गरेको फैसलालाई सदर गरेको थियो । सर्वोच्चका तत्कालीन न्यायाधीश ज्ञानेन्द्र वहादुर कार्की र शारदा श्रेष्ठले उक्त फैसला गरेका थिए । त्यसपछि २०७५ सालदेखि नै जिल्ला अदालतबाट डोर हाजिर समेत खटि सकेको अवस्थमा छ । तर पनि अहिले सम्म उनीहरुले आफ् नो अंशमा पर्ने जग्गा प्राप्त गर्न सकेका छैनन् । जग्गाको लागि लामो समय जिल्ला अदालतदेखि सर्वोच्च समय मुद्दा लडे, कति पैसा खर्च पनि गरे, किशोरी देवीले भनिन्–‘ सार्वोच्चले फैसला गरिसकेको अवस्थामा पनि आपूmहरुले न्याय पाउन सकेनौ ।’ मुद्दा लड्दा लड्दै वृद्ध भईसके, न्याय पाए तर, कार्यान्वयन हुन सकेन् । उनले सम्बन्धित निकायले ध्यान नदिँदा आपूmहरु वर्षोदेखि सास्ती झेल्दै आएको बताईन ।
https://www.youtube.com/watch?v=VzR7rinzOeY&t=2s

